डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

शिलु र किरणको ‘नशालु आँखा’ बिमोचित (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ६, बिहीबार १८:३५

काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।
बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर ‘नशालु आँखा’ को म्युजिक भिडियो बिमोचन गरेका हुन ।

क्लबका अध्यक्ष ऋषि धमला, गायिका पोखरेल र गायक खातीलगायतले उक्त गीतको भिडियो संयुक्त रुपमा बिमोचन गरेका हुन ।
पत्रकार धमलाले गायिका पोखरेल र गायक खातीको संयुक्त कोशेली ‘नशालु आँखा’ बोलको गीतले यूवा पुस्तालाई आकर्षित गर्ने विश्वास दिलाए ।
उनले भने,‘गल्यामर गीतको चलन नभएपनि यूवापुस्ताहरुले मन पराउने गरेका छन्, यस्ता गीतहरु लुकेर हेर्ने पंक्तिहरु पनि छन्, गीतहरुले विकृति निम्त्याउनु भने हुँदैन, विभिन्न प्रकारका गीतहरुले बजार लिईरहेका छन्, शिलु र किरणको जोडी जम्नेछ, नेपाली संगीत पारखीहरुले रुचाउँनेछन् मेरो शुभकामना ।’

त्यस्तै गीतकी गायिका तथा हट मोडल शिलु पोखरेलले वर्तमान पुस्ता परिवर्तनको पक्षमा केन्द्रीत भएको दाबी गरेकी छिन् ।
उनले भनिन्,‘यो गीतको म्युजिक भिडियो पहिलोपटक निर्देशन गरेका छौं, किरण र मैले संयुक्त रुपमा यो गीतलाई अलि कामुक तरिकाले निर्देशन गरेका छौं, आशा छ, यसलाई पनि समाजले सकारात्मक रुपमा लिनेछ, गीतका हिसाबमा यो गीत दोस्रो गीत हो, पहिलो ‘के होला माया’ बोलको गीत बजारमा छ, आउने दिनहरुमा पनि यसभन्दा ग्ल्यामर खालका गीतहरु निर्माण गर्ने सोचिरहेकी छु ।’
गायिका पोखरेलको शब्द तथा वृजेश श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोको कोरियोग्राफी काजी पारसले गरेका छन् । शिलु र किरणको कामुक अभिनय रहेको गीतमा र्यापर सरकार जाओस, त्यस्तै कलाकारहरु रविना श्रेष्ठ, गान्दिप मल्ल, पविता आचार्य, रोजिना श्रेष्ठ, अनुषा श्रेष्ठ, अदिती जोशी, रसिला राई, अजय भट्टराईलगायतको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/weHBDNjJX8s

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु