तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

मिस वर्ल्डमा श्रृंखला खतिवडाको अग्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ७, शुक्रबार १८:५६

काठमाडौं। विश्व सुन्दरी प्रतियोगितामा यो बर्ष मिस नेपाल चर्चामा रहेकी छन्। यो बर्ष आयोजना हुन गैरहेको ६८ औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल श्रृंखला खतिवडाको चर्चा चलेको हो।

विश्व सुन्दरी प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा मिस नेपाल खतिवडाले भारी अग्रता हासिल गरेकी छन्। सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा मिस नेपाल खतिवडा सिधै क्वार्टरफाइनल टप ३० मा पुग्नेछिन्।

विश्व सुन्दरी प्रतियोगिता अर्थात मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहेपनि कुनै उपलब्धी हासिल गर्न नसकेको अवस्थामा यो बर्ष मिस नेपाल खतिवडाको संभावना देखिएको छ।

२३ वर्षीया मिस नेपाल खतिवडा राजनीतिक परिवारमा जन्मेकी जुझारु सुन्दरी हुन्। मिस नेपाल खतिवडाका पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै राजनीतिक नेता हुन्। दुवै सांसद सदस्य छन्।

३ नंबर प्रदेशको अस्थायी राजधानी हेटौंडाकी मिस नेपाल खतिवडाले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर इन्जिनियरिङको अध्ययन पूरा गरेकी छन्। चीनको सान्यामा आगामी ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ।

मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ। जसमध्ये मल्टिमिडिया एउटा हो । फ्रान्सकी माइभा कोउके टप मोडलको प्रतिस्पर्धामा पहिलो भएर क्वार्टरफाइनलमा प्रवेश गरिसकेकी छन्।

मल्टिमिडिया अबार्डका लागि २८ नोभेम्बरसम्म भोटिङ खुला रहनेछ। तर, भोटिङबाटै मिस वर्ल्ड बनिने चाहीँ होइन। क्वार्टरफाइनलमा विभिन्न तरिकाबाट प्रवेश गर्ने ३० जना सुन्दरीहरुबीच अन्तिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ। त्यहाँ निर्णायकहरुको मतका आधारमा मिस वर्ल्डको फैसला हुन्छ।

मिस वर्ल्ड लगातार दोस्रोपटक चीनको सान्यामा आयोजना हुन लागेको हो। यसपाली १ सय २१ देशका सुन्दरीहरु प्रतिस्पर्धामा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु