हिजोआज काठमाडौँको चक्रपथमा चल्ने यात्रुवाहक बसमा पकेटमारको विगविगी भएकोले मानिसहरु बसमा यात्रा गर्न त्रसित बनेका छन् । पकेटमारहरुले कतिपय बसको चालक र सहायकसँग निकै नै हिमचिम वा सेटिंग मिलाएकाले उनीहरुले सजिलै पकेट मार्दछन् र भाग्दछन् पनि । जब चोरहरुले आहारा भेटछन्, बस चालकलाई कुनै संकेत दिने बित्तिकै बस चालकले अनावश्यक ठाउँमा पनि बेस्सरी ब्रेक लगाएर उठेका मानिसहरुलाई बेस्सरी हुत्याईदिन्छ । त्यहि बेलानै पकेटमारले पकेट मारिसकेका हुन्छन् । अर्को कुरा, चोरहरुले लक्षित गरेको व्यक्ति बसेको सीटमा मोवाईल वा अन्य कुनै बस्तु जानी जानी खसाएर उनीहरुलाई बसेको ठाउँबाट उठ्न लगाउँछन् र उसको ध्यान जति त्यहि व्यक्तिको मोवाईलतिर मात्रै जान्छ । अनि त्यति बेला नै चोरका साथीहरुले त्यहाँ ठेलमठेला गरेर मोवाईल खोज्ने भान पार्दै सजिलै पकेट मार्दछन् । अर्को तरिका महिलाहरु पनि खप्पिस नै हुन्छन् वा । बिग्रेको मोवाईल लिएर हिँड्छन् अनि साथैको सीटमा बसेको व्यक्तिलाइै मोवाईल चलाउन सहयोग गर्न आग्रह गर्दछन् । यदि उसलाई मोवाईलको बारेमा जानकारी नभएमा त उस्ले इन्कार गर्छ, हैन भने मोवाईल हेर्दै सकेको सहयोग गर्न चाहन्छ । त्यतिखेरै आर्को व्यक्तिले उसको पकेट मारिसकेको हुन्छ । यसरी काम फत्ते भएको जानकारी पाउने बित्तिकै बसका सहयोगीले बीचमै ढोका खोलिदिन्छ र सजिलै भगाउँछ ।
उनीहरु प्रायश ४ देखि ५ जनासम्मको समुहमा हुन्छन् । उनीहरुले बस भित्र भएका यात्रीहरुको रेकी गरिसकेका हुन्छन् र लक्षित व्यक्ति पहिचान गरिसक्छन् र बनाउँछन् योजना चोरीको । मैले दशैँभन्दा पछाडि मात्र तीन समुह भेटिसकेको छु, तर सबैको प्रयास असफल भएको छ । एकपटक कलंकीमा बसभित्रै रंगेहाल समात्दा बस सहयोगीलाई ढोका बन्द गर्न भन्दाभन्दै पनि ढोका खोलेकोले फुत्कन भ्याइहाले । उसलाई ढोका खोलेर किन भगाउन सहयोग गरेको भनेर सोध्दा, यति गरेन भने त उनहिरुको ज्यान जोखिममा हुन्छ रे । कहिले काहिँ ठूलै आहारा भेटेमा बस सहयोगी वा चालकलाई पैसा पनि केही हिस्सा दिइहाल्छन् रे । आज बिहान पनि कलंकीबाट सातदोवाटो जाँदा उनीहरुले देखाएको कला कौसलता कम अनौठो थिएन । उनीहरुले तीनजनालाई लक्षित गरेको भए तापनि हामी यात्री ले शतर्कताका साथ निगरानी गरेकाले उनीहरुको प्रयास असफल भयो र उनीहरु तुरुन्त बसको भाडा तिरेर झरिहाले ।
यदि प्रहरीले चाहेको खण्डमा एकै दिनमा सजिलैसँग सयौँ पकेटमार समाती सजिलै नियन्त्रण गर्न सक्छ । तर त्यसमा उनीहरु मौन हुन्छन् । यसले गर्दा पनि काठमाडौँमा दिनानुदिन पकेटमारहरुको संख्या बढ्दो छ । अब यसको नियन्त्रण गर्ने कस्ले होला ? के प्रहरीले सिभिल ड्र्ेसमा प्रत्येक बसमा साधारण ग्राहकको रुपमा यात्रा गरेर ठाउँको ठाउँ समातेर कारबाही गर्न सक्दैन र । अवश्य सक्छ, यदि उनीहरु देश र जनताको सेवामा समर्पित छन् भने हैन भने कतिपय सीधा साधा व्यक्तिहरु, खास गरेर भरखर गाउँतिरबाट आएका व्यक्तिहरु यसको मारमा पर्ने गरेका हुन्छन् र कतिपयलाई बेखर्चीसमेत बनाइदिन्छन् । यसको नियन्त्रणको लागि बसचालकको पनि मूल्यांकन भई गल्ती भेटिएमा लाईसेन्स नै रद्द गरेर जीवनभर लाईसेन्स लिनबाट बन्देज गराइनुपर्दछ ।
यसका समाधानको लागि प्रशासनको मुख ताकेर बस्नुभन्दा पनि आफूले पनि बसमा यात्रा गर्दा केही शतर्कता अपनाउनु जरुरी छ । जस्तैः
बसमा यात्रा गर्दा मोबाईलको प्रयोग नगर्ने । मोबाईलको प्रयोग गर्दा उनीहरुको ध्यान मोबाईलमा मात्र जाने भएकोले चोरलाई सजिलो हुन्छ ।
बाहिर गोजीमा आफूलाई चाहिने बस भाडा मात्र राख्ने र अरु पैसा तथा महंगा र महत्वपूर्ण बस्तुहरु सबै झोलाभित्र राखेर आफ्नो काखमा सुरक्षितसँग च्याप्ने ।
बसमा बस्दा निदाउनुभन्दा पनि अलि चनाखो भएर बस्ने र शंकास्पद व्यक्ति उपर बढी निगरानी राख्दा उनीहरुले चोर्न सक्दैनन् ।
कसैले पकेट मारेको फेला परेमा यात्रुहरु सबै नै एक भएर चोरहरुलाई कार्यबाहि गर्नसक्नुपर्दछ । तर हामी कहाँ त तैँ चुप मै चुपको अवस्थामा रहन्छन् । सहयोग बिरलै गर्दछन् । त्यसैले पनि ह्वात्तै बढेका छन् पकेटमारहरु ।
-डा हरि कुमार श्रेष्ठको फेसबुकबाट साभार
सम्बन्धित शीर्षकहरु