-नरेन्द्र तामाङ थिङ्ग
नुवाकोट कात्तिक ८ ककनी ।साबिक ककनी गा बि स २ हाल ककनी गा पा ३ स्थायी बसोबास गर्दै आएको चेत बहादुर लामा ले छोरी खोजी दिन माग गर्दै ककनि गा पा वडा नम्बर ४ को कार्यालयमा आइपुगेको छ । वर्ष २७ को सुनिता तामाङ साबिक चाउथे गा. बि. स. ३ हाल ककनी गा. पा. ३ मानेखर्क स्थायी निवासी पुर्ण बहादुर लामाको छोरा अशोक लामा संग २०६५ साल तिर आफ्नो राजीखुसीले वैवाहिक जिबनमा गासिएको थियो र हाल निजहरूको २ सन्तान समेत रहेको छ । गएको बर्ष कार्तिक ०९ गते घरबाटै हराइरहेका तामाङ हाल सम्म न घर न माइतीको सम्पर्कमा नभएको कारण निजका बुबा वडा कार्यालयमा आईपुगेका छन । बुबाले घर पक्षको ससुरासंग फोन कुराकानी गर्न खोज्दा धम्की पुर्ण भाषा समेत प्रयोग गरेको कारण छोरीको लास वा सास भए पनि खोजी गरिदिन आग्रहका साथ प्रहरी चौकी ककनिमा लिखित निवेदन पेश समेत गरेको छ ।