डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

स्कुल बस दुर्घटना १८ काे ज्यान गयाे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ८, शनिबार ०८:५०

अमरगढी: डडेलधुराको अमरगढी नगरपालिका र डोटीको शिखर नगरपालिकाको सिमानामा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने १८ सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ का २२ वर्षीय योगेन्द्र बोहरा, यही नगरपालिका ७ का २४ वर्षीय शंकर जोरा, यही नगरपालिका ८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका– ४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका ११ की २५ वर्षीया गोदा भाट, यही नगरपालिका ८ मा बस्ने ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेका छन् ।

त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउपालिका ३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका १० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका ३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षीय तिलक खाती, यही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका १० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ का २४ वर्षीय पदम विक ज्यान गएको छ । ज्यान गुमाएकाहरुको पोष्टमार्टम डडेल्धुरामा रहेको उप क्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

बस दुर्घटनामा घाइते भएका २६ जनामा ११ जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ । दुई जना डिस्चार्ज भएका छन् भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनमा रहेको पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकाको उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु