रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

खिम्ती खोलामा तीन जलविद्युत् आयोजना निर्माणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ८, शनिबार १८:१७

काठमाडौँ: पछिल्ला दिनमा ऊर्जा नदीको रूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । यस्तै पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ । हिमालयन ऊर्जा विकास कम्पनीले ती आयोजना आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । शुरुमा आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण प्रक्रिया जारी रहेको र प्रसारणलाइनसमेत निर्माणको क्रममा रहेकाले असार पुग्न सक्ने बताइएको छ ।

रामेछापमा निर्माणाधीन माथिल्लो खिम्ती एक र माथिल्लो खिम्ती दुई आयोजनाको भौतिक निर्माण ८० प्रतिशतभन्दा माथि रहेको छ । कम्पनीका सञ्चालक प्रकाश दुलालका अनुसार माथिल्लो खिम्ती एक १२ मेगावाट क्षमताको हो भने माथिल्लो खिम्ती दुई ७ मेगावाटको हो । उक्त दुई आयोजनाको विद्युत् २०७६ असारबाट प्रणालीमा जोडिन लागेको हो ।

बाँध क्षेत्रको संरचना निर्माणको काम अन्तिम चरणमा छ । बाँधबाट विद्युत्गृहसम्म ल्याइने तीन हजार ८०० मिटर लामो पाइप बिच्छ्याउने काम समेत ८५ प्रतिशत सम्पन्न भएको छ । पाइप बिच्छ्याउन ५०० मिटर मात्रै बाँकी छ । आयोजनाको विद्युत्गृहको काम पनि अघि बढेको छ । त्यसमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याउन शुरु गरेको छ । एकसाथ निर्माण भइरहेका दुई आयोजना सम्पन्न हुँदा रु तीन अर्ब १५ करोड खर्च हुने आयोजना निर्देशक रमाकान्त गौरोले जानकारी दिनुभयो ।

ती आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युुत् नेपाल विद्युत् प्राधिकरणको गर्जाङ सवस्टेसनमा लगेर जोडिनेछ । उक्त सवस्टेशनको कामसमेत अगाडि बढाइएको छ । चिनियाँ कम्पनी पिङ्गाओ एण्ड जेभीले सो सवस्टशेन र प्रसारणलाइनको काम गरिरहेको छ । पिपल्स इनर्जी लिमिटेडले रु नौ अर्ब लगानीमा दोलखा र रामेछापको सिमानामा खिम्ती दोस्रो ४८.८ मेगावाट क्षमताको आयोजना निर्माण शुरु गरेको छ । सो आयोजानको पहुँचमार्ग निर्माण तथा आवासगृहको काम शुरु भएको छ ।

यस्तै हिमाल पावरले कूल ६० मेगावाट क्षमताको खिम्ती आयोजना सञ्चालन गरिरहेको छ । यस्तै अन्य दुई आयोजनासमेत निर्माणमा जाने तयारीमा छन् । निलगङ्गा जलविद्युत् कम्पनीले कूल नौ मेगावाट क्षमताको खिम्ती घ्वाङ जलविद्युत् आयोजना अगाडि बढाइएको छ । यस्तै करीब ६०० मेगावाट क्षमताको खिम्ती ठोस्ने जलाशयुक्त आयोजना समेत अगाडि बढाउन लागिएको छ । विद्युत् विकास विभागले सो आयोजना अध्ययन गरिरहेको छ । आयोजनाको अध्ययनका लागि प्रदेश नं ३ सरकारले पनि चासो व्यक्त गरेको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु