ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

काठमाडौं महानगरपालिकाको सरसफाईमा महाअभियान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ८, शनिबार १८:२१

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगपालिकाले जेठो हुनुको नयाँ अभियान शुरु गरेको छ। त्यो अभियान हो–व्यापक रुपमा शहरी सौन्दर्यतालाई प्रबद्र्धन गर्ने सामूहिक सर–सफाई अभियान। जुन अभियानको आज शनिवारवाट प्रत्येक हप्ताको शनिवार गर्ने गरेर महाअभियान नै शुभारम्भ गरिएको हो।

काठमाडौं महानगरपालिकाको आयोजनामा सवै निकायलाई आवद्धता जनाउन लगाएर यो बेग्लै महाअभियान शुभारम्भ गरिएको काठमाडौ्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भनेका छन्। मेयर शाक्यले यो महाअभियानको शुभारम्भ काठमाडौंको रत्नपार्क स्थित शान्तिवाटिकावाट गरेका हुन्।

शान्तिबाटिकावाट शुभारम्भ भएको सरसफाई अभियान रत्नपार्क हुंदै बागबजार, डिल्लीबजार, पुरानोबानेश्वर हुंदै सिनामंगलसम्म गरिएको थियो। जमेको फोहर तथा धुलोलाई हटाउंदै व्यापक सरसफाई गर्ने कार्य भएको थियो।

सरसफाईका क्रममा जेट मेशिनको पनि प्रयोग गरेको देखियो। कतिपय स्थानमा क्रेनको पनि सहायता लिइएको पाइयो। काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीहरु व्यापक परिचालन गरेको देखियो। गरेमा नहुने कुरा केही छैन भन्ने यो काठमाडौं महानगरपालिकाको अभियानले गजबै देखियो। चाँडै नै सडक सफा गर्ने ब्रुमर आएपछि काठमाडौं महानगरको मुहारै परिवर्तन हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु