मुम्बई (एजेन्सी)– यस बर्षको सर्वा्धिक प्रतिक्षीत बलिवुड फिल्म २.० ले रिलिज अघि नै ३७० करोड भारतीय रुपैया कमाई गरेको छ । ५ सय करोडको लागतमा बनेको यो फिल्मलाई यस बर्षको सर्वा्धिक प्रतिक्षारत फिल्म भनिएको छ । हालै रिलिज गरिएको ट्रेलरपछि फिल्मको झन् कौतुहलता बढेको छ । पहिलो पटक रजनीकान्त र अक्षयकुमारसँगै अभिनय गरेको यस फिल्मले सेटेलाइट अधिकार र डिजिटल अधिकार बेचेर सो कमाई गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
फिल्मले रिलिजको पहिलो दिनतामिलनाडुमा मात्र ८५ करोड न्युनतम व्यापार गर्ने अनुमान गरिएको छ । भारतीय फिल्ममध्ये अहिलेसम्मकै महँगो फिल्म २.० २०१० मा आएको रजनीकान्तको फिल्म रोबोटको अर्को भाग हो । यस फिल्मलाई लगभग ६८ सय स्क्रिनमा रिलिज गर्न लागिएको छ । यहि नोभेम्बर २९ मा रिलिज हुने यस फिल्मको हिन्दी भर्सनको निर्माण करन जोहरले गरेका छन् ।