प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

भारतलाइ हराउदै इङल्याण्ड महिला टी–२० विश्वकपको फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ९, आईतवार ०७:२५

काठमाडौँ – आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड पुगेका छन् । दोस्रो सेमिफाइनलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।  भारतले दिएको ११३ रनको लक्ष्य पछाएको इङल्याण्डले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगिताको फाइनलआमा पुगेको हो। इङल्याण्डका लागि एमी जोन्सले अविजित ५३ रन बनाइन भने नताली सिभेरले अविजित ५२ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतीय महिला टिमले १९.३ ओभरमा अल आउट हुदै ११२ रन बनाएको थियो । भारतका लागि स्मृति मन्धनाले सर्वा्धिक ३४ रन बनाएकी थिइन् भने जेमीमाह रोड्रीगेजले २६ रन तथा हर्मनप्रित कौरले १६ रन बनाएकी थिइन्। भारतलाई कम रनमा रोक्न इङल्याण्डका बलर हेदर नाइटले ३ विकेट लिएकी थिइन् भने क्रिष्टिन गोर्डन र सोफी इस्लेस्टोनले २–२ विकेट लिएका थिए । भारतक ३ खेलाडी रन आउट भएका थिए । ५३ रन अविजित बनाएकी इङल्याण्डकि एमी जोन्स खेलको म्यान अफ द म्याच बनेकी छन्।

यसअघि अर्को खेलमा डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई पराजित गर्दै अस्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको थियो  पहिलो सेमिफाइनलमा अस्ट्रेलियाको महिला टिमले वेस्टइन्डिजलाई ७१ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । अब आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र इङल्याण्ड  आइतबार खेल्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु