दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सरस्वती क्लब हिमालयन शेर्पा र विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ९ गते, आईतवार ७:२८

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । हिमालयन शेर्पाको जीतमा कर्ण लिम्बूले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती उपहार पाएको थियो ।

मध्यान्तरअघि गोलरहित बराबरीमा सकिएको खेलको ६६ औँ मिनेटमा लिम्बूले गोल गर्दै शमिालयन शेर्पालाई अग्रता दिएका थिए । लिम्बूले नै खेलको ७५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औँ मिनेटमा हिमालयनका आशिष गुरुङले आत्मघाती गोल गर्दा जावलाखेल २–१ को स्थितिमा आयो । त्यसपछि खेलमा गोल हुन सकेन र हिमालयनले खेल २–१ ले जीत्न सफल भयो ।

खेलमा हिमालयन शेर्पाका लिम्बू म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै हिमालयन शेर्पाले लिगमा दोस्रो जीत निकाल्दै दुई जीत तथा एक बाराबरीका साथ अङ्क तालिकामा सात अङ्क जोड्दै चौथो स्थानमा उक्लेको छ । जावलाखेलको भने यो लगातार तेस्रो हार हो ।

यसैगरी, शनिबार नै भएको पहिलो खेलमा विदेशी खेलाडी चम्किएपछि सरस्वती युथ क्लबबल पल्सर शहिद स्मारक ए डिभिजन लिगका पहिलो जित हात पारेको छ । हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । सरस्वतीको जितमा सबै गोल विदेश खेलाडीले गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको सरस्वतीले दोस्रो हाफमा दुई गोल थपेको थियो । १३औं मिनेटमा सरस्वतीका अफ्रिकन खेलाडी भिक्टोरले खाता खोलेका थिए ।

७३औं मिनेटमा ईब्राहिमले गोलगर्दै सरस्वतीको अग्रता दोब्बर बनाए । ८३औं मिनेटमा साचीईले अर्को गोल थप्दै सरस्तीको जित सहज बनाए । पहिलो जितसँगै सरस्वतीले तीन अंक बनाएको छ । सरस्वती यसअघि संकटा र हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो । लिगमा कमजोर देखिएको फ्रेन्ड्सले भने लगातार तीन खेलमै हार खेपेको छ । यसअघि फ्रेन्ड्स थ्रीस्टार र एपीएफसँग पराजित भएको थियो ।

यसैबीच शनिवारको खेलसँगै लिगका तेस्रो चरणका खेलहरू सकिएका छन् । अब यही मङ्सिर १० गतेदेखि चौथो चरणका खेलहरू हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । चौथो चरणको पहिलो खेलमा यही मङ्सिर १० गते त्रिभुवन आर्मी र सङ्कटा क्लब प्रतिष्पर्धा गर्नेछन् । सोही दिन दोस्रो खेलमा न्युरोड टिमी (एनआरटी)ले थ्रीस्टार क्लबको सामना गर्नेछ । दुवै खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । सोही दिन हुने तेस्रो खेलमा च्यास युथ क्लबले नेपाल पुलिसको सामना गर्नेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु