डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन चाहियो १८ करोडको महँगो गाडी ? : सांसद यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ९, आईतवार १९:३१

काठमाडौं, ९ मंसिर ।सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्न राय दिएको बताएका छन् । उनले भने,‘गरिब देशलाई यत्रो महँगो गाडी किन चाहियो ?’
सांसद यादवले सांसदहरु टेम्पो र माईक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो भन्दै प्रश्न गरे । उनले भने,‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पनि महँगो गाडी खरिद गर्ने कुरा राम्रो होईन, हाम्रो राय भनेको महँगो गाडी खरिद गर्नुहुँदैन भन्ने नै हो ।’

उनले महँगो गाडी खरिद गर्नेबारे हडबडमा निर्णय भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने पनि सुझाव दिए । उनले भने,‘यो निर्णय परिवर्तन गर्नुपर्छ । १८ करोडको गाडी किन चाहियो ? हिजो हामीले पार्टी अध्यक्ष एवम् उपपप्रधानमन्त्री उपेन्द्र यादवसँग दुई घण्टा छलफल गर्यौं । उहाँको रायपनि यही छ ।’

आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको उनले स्पष्ट पारे । उनले भने,‘हामी जागिर खान सरकारमा गएका होईनौं । तर, संविधान संशोधनको लागि दबाब दिईरहेका छौं । अहिले हडबड गर्दैनौं । सरकारलाई दबाब दिन कुनै कसर बाँकी राख्दैनौं ।’
अब पनि संविधान संशोधन नभएन आफ्नो पार्टी एक मिनेटपनि सरकारमा नबस्ने उनले स्पष्ट पारे ।उनले भने,‘संविधान संशोधन चाँडो हुनुपर्छ । अबपनि भएन भने हामी सरकारबाट बाहिरिएर शान्तिपूर्ण तर दबाबमूलक आन्दोलनमा जान्छौं ।’

भारतबाट विवाहपञ्चमीमा मुख्य अतिथि बनेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने विषयमा टिप्पणी गर्दै यादवले भने,‘हामी उहाँलाई स–सम्मान स्वागत गर्छौं । उहाँ आउँदा जनकपुरको विकासमा टेवा नै पुग्छ । धार्मिक पर्यटनलगायत समग्र क्षेत्रमा विकास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

उनले कांग्रेसका केही नेताहरुले मुख्यमन्त्री योगीको भ्रमण रोक्नको लागि कु–प्रचार गर्नु र रोक लगाउन खोज्नु खेदजनक रहेको पनि प्रतिक्रिया दिए । रेलको उद्धघाट्न गर्न भारतबा को आउने भन्ने कुरा अहिलेसम्म तय नभएको पनि उनले जनाए । उनले भने,‘को आउने ? प्रतिनिधि कसलाई पठाउने भन्ने कुरा भारत सरकारले तय गर्ने कुरा हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु