डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ’ : दिपक खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ९, आईतवार १९:३१

काठमाडौं, ९ मंसिर ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ । आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ ।’
यद्धपी उनले यत्रो कुरा बाहिर आईसकेकोले अब गाडी विलाषीको लागि हो वा आवश्यकत्ता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

आफूहरुले यो व्यवस्थालाई बलियो बनाउन चाहेको पनि उनले सुनाए । तर, राष्ट्रपतिको सवारी हुँदा स्कुले विद्यार्थीहरुले समेत ५ देखि ६ घण्टाको ट्राफिक जाम झेल्नुपरेको खड्काले दुःखदायी कुरा सुनाए । उनले भने,‘यो ध्यान दिने विषय हो ।’
उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले दुई महिनासम्म थन्काएको भन्दै गुनासो पोखे । उनले भने,‘राष्ट्रपतिजस्तो सम्मानित व्यक्ति पार्टीको जसरी प्रस्तुत हुनुहुँदैन् । दशैंको बेला पूर्व सम्मानित व्यक्तिलाई टिका लगाएको दृश्यपनि अस्वभाविक छ । यस्ता विषय त पदमा बस्नेले जान्नुपर्ने विषय हो।’

राष्ट्रपतिले हालै संसदमा सम्बोधन गर्दापनि आलोचना व्यहोर्नुपरेको उनले सुनाए । उनले थपे,‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ । संस्था सुहाउँदो चरित्र भएन भने त्यो गतिविधिले व्यवस्थामा फरक पर्न सक्छ, सरकारलाई फरक पर्न सक्छ, जनतालाई फरक पर्न सक्छ । यता तर्फ म यो संस्थालाई सचेत गराउन अनुरोध गर्दछु ।’ उनले वर्तमान सरकारले न्यायालय र व्यवस्थापिकालाई आफ्नो गोजीमा राखेको आरोप लगाए । वर्तमान सरकारको यो ९ महिनाको गतिविधिहरु हेर्दा सरकार कानमा तेल हालेर बसेको पनि खड्को टिप्पणी छ ।
उनले राष्ट्रपति संस्थाप्रति नेपाली जनताले विश्वास हाँसिल गर्न सकुन र संस्थाले आफूले गर्नुपर्ने भूमिकामा कहीँ नचुकोस् भन्ने आफूहरुले चाहेको उनले सुनाए । उनले भने,‘हामी सबै नेपालीहरुले मिलेर निर्माण गरेको संस्था हो यो संस्था । राजतन्त्रलाई फालेर र परास्त गरेर राष्ट्रपतीय शासन व्यवस्थामा हामी छौं । र, यो व्यवस्थाको जगेर्ना गर्ने हाम्रो दायित्व हो । तर पदमा बसेका मान्छेले यो कुरा ख्याल गर्नुपर्छ ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको र मुलुकमा शान्ति, सुरक्षा कायम गर्न नसकेको उनको गम्भिर आरोप छ । उनले भने,‘जनताको तहबाट उठेका प्रश्नहरुको सरकारले उत्तर दिनुपर्छ । यस्तो लाचारी कुरा गरेर हुँदैन् । अहिले सरकारमाथि शंका गर्ने र भन्ने ठाउँ प्रशस्त छ ।’

बजेट आएको ६ महिना भैसकेको तर अहिलेसम्म ८ प्रतिशतपनि खर्च नभएको उनले सुनाए । उनले भने,‘हरेक मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ । अनि भर्खरै ९ महिना भएको छ, हामी काम गर्छौं भनेर लाचारी कुरा गरेर हुन्छ ?’
जनताले दिएको यो ऐतिहाँसिक म्याण्डेटलाई सही ढंगले सरकारले सदुपयोग गर्नुपर्ने उनको सुझाव छ । खड्काले भने,‘जनताले दिएको म्याण्डेटलाई सही ढंगले सदुपयोग गर्नुपर्छ अनिमात्रै समृद्धि हाँसिल हुन्छ। सरकार म्याण्डेटअनुसार चल्नुपर्छ । हामी सरकारसँग हातमा हात र काँधमा काँध मिलाएर हिँड्न तयार छौं । विकास निर्माणमा सहयोग गर्न तयार छौं ।’

उनले राजनीतिक असन्तुष्टिहरुलाई सबै दलहरुबीच छलफल गरेर निकास खोज्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘निकास खोज्नु यो सरकारको पनि दायित्व हो । हिजो विप्लव नेतृत्वको पार्टीको जुलुसमा ठूलो संख्यामा जनताको उपस्थिति थियो । यो सब कसका कारण भएको हो ?
त्यस्तै उनले सरकारले एकातिर शिरान लाएर बस्न नहुने भन्दै वैदेशिक सम्बन्धका हिसाबलेपनि त्रुटि रहेको औंल्याए । उनले भने,‘वर्तमान सरकार हैकमवाद र तानाशाहतर्फ उन्मुख छ, कांग्रेस दहा«े ढंगले उभिन्छ । सरकारले माँत्तिने, पात्तिने र आँत्तिने काम नगरोस्।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु