स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

राजधानीमा दर्जनौं भाषाका कविहरुको एउटै मंचवाट धमाकेदार प्रस्तुति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ९, आईतवार १९:३६

काठमाडौं, ९ मंसिर : नेपाल भारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मंचमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता वाचन भएका छन् ।

हिमालिनी हिन्दी मासिक पत्रीका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा संचालन भएको काव्य सन्ध्यामा नेपाल र भारतका साहित्कारले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा छिमेकी मुलुक भारतको विभिन्न प्रदेशबाट ४० जना प्रतिभावान साहित्कारहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । साथै नेपालका कविहरूले पनि विभिन्न विषय र शिर्षकमा आफ्ना कविता र रचनाहरु प्रस्तुत गरेका थिए ।

हिमालिनी पत्रिकाको सम्पादक डा. श्वेता दीप्तिले पनि हिन्दी भाषामा आफ्ना कविता वाचन गरेकी थिइन । त्यस्तै नेपाली कवियत्रीहरुमा बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

कवि तथा गीतकार वसन्त चौधरीले हिन्दी गजल प्रस्तुत गर्दा सभाहल नैं गुञ्जमान भएको थियो भने विभिन्न भाषाका श्रष्टाहरुले आफ्नो प्रस्तुतिले श्रोतालाई आकर्षित पारेका थिए ।

त्यस्तै काव्य सन्ध्यामा अतिथिको रुपमा भारतबाट आएका कश्मिरदेखि केरलासम्मका साहित्कारले हिन्दी, बंगाली र गुजराती लगायतका भाषामा रचना तथा कविताहरु प्रस्तुत गरेका थिए ।

भारतको गुजरातबाट डा. उषा उपाध्यायले गुजरातीमा आफ्नो प्रस्तुति दिएकी थिइन भने विणा बुद्धकी, अच्युता नन, किरण कुमारी, पुण्यादेवी, परवेज हुसैन, रंजित गुगोई, मिताली भट्टाचार्य, वन्दना श्रीवास्तव, धनाकर ठाकुरले कविता सुनाएका थिए ।

विभिन्न आरोह र अवरोहलाई पार गर्दै नेपालबाट लगातार २० वर्षदेखि प्रकाशित हुँदै आइरहेको हिमालिनी हिन्दी पत्रिकाको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले प्रशंसा तथा अभार व्यक्त गरेका छन् ।

भारतबाट आएको साहित्कारहरुको टोलीको प्रमुख डा. रामचन्द्र रायले नेपालबाट प्रकाशित हिन्दी पत्रिका हिमालिनीका सम्पूर्ण परिवारलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा हिमालिनीका प्रवन्ध निर्देशक सच्चिदानन्द मिश्र, हिमालिनीकी सम्पादिका श्वेता दीप्ति, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय लगायतका श्रष्टाले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल तथा भारतका साहित्कार, कवि, पत्रकार , राजनीतिकर्मी लगायत विभिन्न पेशाका गन्यमान्य साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु