पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने
हावामा घर बन्छ स्वर्ग सरिको संसार मै झल्किने
चम्केको विजुली सधै वलिरने प्रकाश बन्ने भयो
कालो रात्रि दिवार बन्दछ भने दर्वार आफै बन्यो
छाना चम्चम चम्कदैछ निलिमा आँखाहरु लाखन
झुल्क्यो जुन भने पुग्यो धरतिमा तारा उनि लाउन
ठण्डि हो ठिहीको कठोर सवमा न्यानो बनेको दिन
के ले छेक्न विगार्न सक्छ दुनिया संम्बृद्धि हुर्काउन
तातो सूर्य अनेक तेज जलको झोक्का उचाल्ने गरि
झुल्क्यो रक्तिम सूर्य हिमचुलिमा देखिन्छ घुम्टो सरी
डाफेको मुजुरा बने कलकली झर्ने सवै निर्झरी
भर्दै सिर्जन कर्म गर्न दुनिया लागे कमिला सरी
माटो अमृत बन्छ स्वर्ण ढुकुटी ढुंगाहरु हुन्सव
हावा स्वास प्रस्वाशको मधुरिमा छोपिन्छ धर्ति जव
को चै पुग्छ खराव स्वास्थ्य नजिकै धर्ति सफा भो भने
सक्छु रच्न सवै ति गाउँ नमूना सम्पन्नता झल्कने बाबाधामको कोसेली
-८ मंसिर २०७५
शिव अधिकारी