काठमाण्डौं । मंसिर ९ । नेपाली काँग्रेसका विद्यान संशोधन गर्न गठिन बिधान मस्यौदा समितिले आज नेपाली काँग्रेसको केन्द्रीय समितिलाई विद्यानको मस्यौदा बुझाउने भएका छ । आज अपह्न बस्ने नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा समितिले विद्यानको मस्यौदा पेश गर्न लागेको हो । विद्यानमा काँग्रेसको ८५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १४१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ । कुल केन्द्रीय सदस्यहरु मध्य २५ प्रतिशत केन्द्रीय सदस्यहरु समावेशी सिद्धान्तको आधारमा मनोनीत गरिने उल्लेख गरिएको प्रवक्ता रमेश लेखकले बताए । उनका अनुसार अब समावेशी क्लस्टरअनुसार २५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत हुने प्रस्ताव गरिएको छ । तर, मस्यौदाको मूल खण्डमा पदाधिकारीहरू भने पुरानै संख्यामा रहने गरी प्रस्ताव तयार गरिएको छ ।
पदाधिकारीदेखि केन्द्रीय सदस्यको संख्यासहितका फरक मतलाई मूल मस्यौदामा नपार्ने, तर संयोजकले प्रतिवेदनमा उल्लेख गर्नेछन् । मस्यौदालाई अन्तिम रूप दिन समितिका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरू रमेश लेखक, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू शनिबार मध्यरातसम्मै छलफलमा जुटेका थिए ।
आजको केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने कांग्रेसको संशोधित विधानको मस्यौदा २८ मंसिरदेखि सुरु हुने महासमितिमा पेस हुनेछ । समिति संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकमा विधानको मस्यौदा प्रस्तुत गर्नेछन् । मस्यौदाको मूल खण्डमा फरक मत नलाने, तर प्रतिवेदनमा भने फरक मतलाई उल्लेख गरेर लानेमा सहमति भएको समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए । मस्यौदामै फरक मत लिएर जाँदा गलत सन्देश जाने भएकाले प्रतिवेदनमा उल्लेख गरेर केन्द्रीय सदस्यको राय लिने गरी अगाडि बढ्न समिति सदस्यहरू सहमत भएका हुन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि सकेसम्म समितिले नै सबै कुरा मिलाउने र नमिलेका विषयमा केन्द्रीय सदस्यबाट राय लिने गरी मस्यौदालाई अघि बढाउने बताए ।
आइतबार केन्द्रीय समितिमा विधान प्रस्तुत भएपछि केन्द्रीय सदस्यहरूलाई केही दिन अध्ययनार्थ दिइनेछ । त्यसपछि पुनः केन्द्रीय समितिमा छलफल हुने जानकारी कांग्रेस प्रवक्ता शर्माले दिए । ‘आइतबारको बैठकमा मस्यौदा समितिका संयोजकले विधानको मस्यौदा केन्द्रीय समितिमा राख्नुहुन्छ,’ शर्माले भने, ‘केन्द्रीय पदाधिकारी र सदस्यलाई दुई/तीन दिन अध्ययन गर्न दिएपछि पुनः विधानमाथि सुझाब लिन समितिको बैठक बस्छ ।’
विधानका मुख्य विषय :
पदाधिकारीबारे मूल प्रस्ताव
अहिलेकै जस्तो सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित, एक/एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीत
फरक मतमा
-दुई उपसभापति, दुई महामन्त्री (दुवैमा एक/एक निर्वाचित), कोषाध्यक्ष र सहमहामन्त्री
-तीन उप–सभापति, तीन महामन्त्री, तीन सहमहामन्त्री सबै निर्वाचित
-समावेशी पदाधिकारी : सात सहमहामन्त्री, सात उपसभापति
-पदाधिकारीमा कम्तीमा एक महिला,
-अहिलेकै पदाधिकारी हुँदा एक महिला अनिवार्य
केन्द्रीय समिति सदस्य मूल प्रस्ताव
-समावेशी कोटा बढ्ने भन्दै केन्द्रीय समितिमा १४१ सदस्य, निर्वाचित १०६, मनोनीत ३५ (निर्वाचित ७५ प्रतिशत, मनोनीत २५ प्रतिशत)
फरक मत
-१५ प्रतिशत मनोनीतको प्रस्तावमा १२५ सदस्यीय कार्यसमिति
-फरक मतलाई संयोजकले फरक मतका रूपमा प्रतिवेदनमा उल्लेख गरेर प्रस्तुत गर्ने
-सदस्यता : ‘नेपाली कांग्रेसको सदस्य’ हुने । सदस्यता लिएको एक वर्षमा नवीकरण गरेपछि ‘क्रियाशील सदस्यता’ पाइने
संसदीय बोर्ड मूल प्रस्ताव :
१५ सदस्यीय बोर्डमा पदाधिकारीबाहेक सभापतिले मनोनीत गरेपछि केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने
फरक मत :
-१५ सदस्यीय बोर्डमा पदाधिकारीबाहेक चारजना महाधिवेशनबाट निर्वाचित हुनुपर्ने
-पदाधिकारीबाहेक सबै सदस्य निर्वाचित हुनुपर्ने प्रदीप पौडेलको मत ।
कार्यसम्पादन समिति :
-पदाधिकारीबाहेक ३१ सदस्य
सम्बन्धित शीर्षकहरु