नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १०, सोमबार ०८:१४

काठमाडौँ: धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ विन्दुले घटेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत तीन दशमलव शून्य आठ विन्दुले घटेर २४७ दशमलव ९८ विन्दुमा झरेको छ ।

स्टकका अनुसार कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ १२ दशमलव ६४, होटल २८ दशमलव ८७, विकास बैंक छ दशमलव ४७, जलविद्युत् २४ दशमलव ८९, वित्त पाँच दशमलव १६, निर्जीवन बीमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलव ५४, अन्य सात दशमलव ७१, माइक्रोफाइनान्स २२ दशमलव ४५ र जीवन बीमा ४४ दशमलव ४० अङ्कले घटेका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु