स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

सरकारले यातायात व्यवसायीलाई मागेकै रुट दिँदा अस्तव्यस्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १०, सोमबार ०८:२४

ललितपुर:  सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी शाखाले जनाएको छ ।

सार्वजनिक सवारीलाई गत वर्षसम्म यातायात व्यवसायी महासङ्घले रुटको अनुमति दिँदै आएको थियो । गतवर्ष सरकारले सार्वजनिक सवारी यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण हुने र कार्यालयबाट नै रुट लिने निर्णय गरेको थियो । कार्यालयले गत वर्षदेखि नै व्यवसायीलाई मागेको रुट दिइरहेको साना ठूला सवारी शाखाका प्रमुख बसन्तप्रसाद पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै रुटमा चाहिनेभन्दा बढी सवारीसाधन चलिरहेका छन्, भने कतिमा व्यवसायी जानै चाहँदैनन् ।”

चक्रपथलगायत काठमाडौँ उपत्यकाको भित्री क्षेत्रमा धेरै सवारीसाधनले रुट लिएका छन् । काठमाडौँबाट नजिकका बस्ती जोड्ने रुटमा भने सार्वजनिक सवारीको सङ्ख्या कम छ । प्रमुख पन्थीले भन्नुभयो, “कतै सवारी बढी हुँदा जाम हुने त कतै सार्वजनिक सवारी नै नहुँदा यात्रुले हैरानी बेहोरिरहेका छन् ।”

काठमाडौँ उपत्यकामा रुटलाई व्यवस्थित गराउन यातायात व्यवस्था कार्यालयले कुन रुटमा कस्ता र कति सवारी आवश्यक छ, भन्ने अध्ययन समेत शुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालको संयोजकत्वमा गठित आयोगले सडकको अवस्था र यात्रुको चापका आधारमा रुट व्यवस्थित गर्न लागेको हो ।

प्राथमिक, सहायक र सहायता गरेर रुटलाई तीन भागमा रुट वर्गीकरण गरेर कति र कस्ता सवारी आवश्यक छ भन्ने निर्धारण हुने कार्यालयले जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु