काठमाडौं–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्ष भवन भट्ट तथा कारोबार राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक शिशिर भट्टका पिता पूर्वमन्त्री एवं समाजसेवी यदुप्रसाद भट्टको ७५ वर्षको उमेरमा आज निधन भएको छ ।
भट्टको उपचारका क्रममा आइतबार जापानमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिएका भट्टले गोरखा जिल्लाको शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउनुका साथै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए ।
भट्टको अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ । यस दुखद घडीमा शोकसन्तप्त परिवारमा न्यूजलाईन्स् मिडिया परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।