दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अमेरिकाको इतिहासमा पहिलोपल्ट हामी नेपाली ग्लोबल–डे घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ११, मंगलवार ०८:१४

काठमाडौं। अमेरिकामा इतिहासमा नै पहिलो पल्ट हामी नेपाली ग्लोबल–डे घोषणा भएको छ। अमेरिकाको युएस हाउस रिप्रेजेन्टिभ तथा न्यूयोर्क राज्य सरकारको तर्फवाट नोभेम्बर २४ का दिनलाई न्यूयोर्कमा हामी नेपाली ग्लोबल–डे घोषणा भएको हो।

 

त्यस घोषणालाई त्यहाँको सरकारले त्यहाँ स्थापित हामी नेपाली ग्लोबल संस्थाका अन्तरराष्ट्रिय अध्यक्ष अमृत लामालाई हस्तान्तरण गरिएको छ। जुन अमेरिकामा नेपालीहरुको लागि अत्यन्त महत्व र ऐतिहासिक क्षण भएको त्यहाँ रहेका नेपालीहरुले भनेका छन्।

यसैदिन अमेरिकाको न्यूयोकवाट विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियानको शुभारम्भ पनि भएको हो। यसैदिन अमेरिकाको न्यूयोर्कमा हामी नेपाली ग्लोबल नामक अन्तरराष्ट्रिय संस्थाको उदघाटन भएवाट यसले अग्रता पाएको छ।

धर्म, संस्कृति, जाति र राजनीति भन्दा माथि उठेर स्थापना भएको यस हामी नेपाली ग्लोबल अन्तरराष्ट्रिय संस्थाको केन्द्रिय अध्यक्षमा अमृत लामा सर्वसम्मत चयन भएका छन्। अमृत लामाको नेतृत्वमा महासचिव मंगलदास श्रेष्ठ, फस्ट भाइसचेअरमेन नवराज केसी, सेकेण्ड भाइसचेअरमेन नारायण पुरी र थर्ड भाइसचेअरमेन टेकबहादुर लामा भएका छन्।

त्यसैगरेर सचिव शंकर खड्का, कोषाध्यक्ष रविन बज्राचार्य तथा ज्वाइन्ट सेक्रेटरी पेमा याङ्जी लामा रहेका छन्। १२ जना वोर्ड अफ डाइरेक्टरमा उद्धव गिरी, पदम ठकुराठी, थमन प्रसाद बाँस्तोला, चिरञ्जीवी गौतम, डा घ्याग्याल्पो पुनेल, ज्ञानेन्द्र ढकाल, टाँसी लामा, राधा शर्मा, खेमलाल बुढा, शैलेन्द्र श्रेष्ठ, प्रदीप तिमिल्सिना र अर्जनु खड्का रहेका छन्।

साथमा विभिन्न देशका तथा स्टेटका एम्बासडर लगायत काउन्सलर लगायत विभिन्न विभागीय टीम बनाइएको छ। क्वीन्स पब्लिक लाइब्रेरीको सभाहलमा आयोजित भव्य उदघाटन कार्यक्रममा बेलायत, जर्मन तथा क्यानडा लगायत अमेरिकामा नै रहेका गरेर ३ सयजना नेपालीहरुको व्यापक सहभागिता रहेको नवगठित हामी नेपाली ग्लोबलका महासचिव मंगलदास श्रेष्ठले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

सबैको भावना, चाहना र उद्देश्यलाई एकिकृत गर्दै आफूभन्दा पनि आफू जन्मी– हुर्केको मातृभूमि नेपाललाई आर्थिक, पर्यटकिय, सामाजिक एवं संबृद्ध बनाउने उदेश्य अनुरुप यो सामुहिक अभियान हामी नेपाली ग्लोबलको शुरुवात भएको अध्यक्ष अमृत लामाले भनेका छन्। जहाँ रहौं हामी नेपाली, जहाँ बसौं हामी नेपाली, जता जाऔं हामी नेपाली, जसो गरौं हामी नेपाली। हाम्रो इमान्दारिता र स्वाभिमान संसारमै प्यारो छ।अभियानको यो नारा भएको पनि अध्यक्ष लामाले बताए।

मातृभूमि नेपालको बिकास र निर्माणमा प्रवासबाट अर्थपूर्ण योगदान गर्ने अभिप्रायले शुरुवात भएको हामी नेपाली ग्लोवलले हरेक संस्थाको मर्म र आस्थालाई सम्मान गर्दै सहकार्य र समन्वयको दृष्टिकोण राखेको भनाई पनि अध्यक्ष लामाको भनाई रहेको छ।

हामी नेपाली ग्लोबलको टीम यसप्रकार रहेको छ–

कार्य समिति
अमृत लामा (अध्यक्ष)
नवराज के.सी. (प्रथम उपाध्यक्ष)
नारायण पुरी (द्वितीय उपाध्यक्ष)
टेक बहादुर लामा (तृतीय उपाध्यक्ष)
मंगलदास श्रेष्ठ (महासचिव)
शंकर खड्का (सचिव)
रविन बज्राचार्य (कोषाध्यक्ष)
पेमा यान्जि लामा (सह–कोषध्यक्ष)

संचालक समिति
उद्धव गिरी
पदम ठकुराठी
थमन पि. बास्तोला
चिरञ्जिवी गौतम
डा. द्ययाग्याल्पो पुुनेल
टासी लामा
राधा शर्मा
खाम लाल भट्ट
शैलेन्द्र श्रेष्ठ
प्रदिप तिमसिना
अर्जुन खड्का

एम्बेसडर
विजय मोक्तान (युरोप)
रामचन्द्र श्रेष्ठ (अमेरिका)
अरुण के. श्रेष्ठ (एशिया)
डा. महेश भण्डारी (अष्ट्रेलिया)

काउन्सुलर
वर्षा खड्का (हल्याण्ड)
गिता डि एक्स एन (बेल्जियम)
देव गुरुङ (यु.के.)
नारायण श्रेष्ठ (नेपाल)
निनमा राई (जर्मनी)
प्रविण प्रजापति (डेनमार्क)
याम अधिकारी (न्यू जर्सी)
बि.के. श्रेष्ठ (कोलोराडो)
रामचन्द्र भट्ट (टेक्सस)
बिधान लामा (ओरेगन)
घनश्याम खड्का (कनेक्टिकट)
दिपक सापकोटा (पेन्सेलभेनिया)
हरि कार्की (लुजियाना)
कृष्ण शाही (इन्डियाना)
सुवाश घले (वोस्टन)
यज्ञ श्रेष्ठ (सान् फ्रान्सिस्को)
अशोक श्रेष्ठ (होनोलुलु हवाई)
अशोक सिं नेपाली (इन्डिया)
श्याम कृष्ण गुरुङ (हङकङ)
डा. दुर्गा दाहाल (क्यालिफोर्निया)
केदार पहरी (न्यूयोर्क)
जय राम पराजुली (यु.ए.ई.)
सानु राजा महर्जन (क्यानडा)
चनक पोखरेल (कतार)
विश्व राई (मलेशिया)
कृष्ण पौडेल (सिंगापुर)
गोविन्द प्रसाद पौडेल (नेब्रास्का)
कुमार शर्मा (रसिया)
बम बहादुर लामा (इजराइल)
चोङ कर्म शेर्पा (सिएटल)
तिलक श्रेष्ठ (न्यू हैम्पसियर)

डिपार्टमेन्ट डाइरेक्टर
केशव राज सेढाई (डाइरेक्टर – कानून)
डा. प्रभात अधिकारी (डाइरेक्टर – स्वास्थ्य तथा चिकित्सा)
लक्ष्मी खरेल (डाइरेक्टर – महिला समन्वय)
रमेश एम के. पौडेल (डाइरेक्टर – आश्वासन)
सुमन थापा (डाइरेक्टर –सूचना तथा प्रविधि)
मन मोहन वाइवा (डाइरेक्टर – खेलकुद)
दिवेश मल्ल (डाइरेक्टर – युवा समन्वय)
राज के. श्रेष्ठ (डाइरेक्टर – प्रशिक्षण तथा बिकास एकेडेमी)

नविन के. के.सी. (डाइरेक्टर – संस्कृति तथा मनोरञ्जन)
लुना श्रेष्ठ (डाइरेक्टर – संस्कृति तथा मनोरञ्जन)
बिन्दु सापकोटा निरौला (डाइरेक्टर – संस्कृति तथा मनोरञ्जन)

देव मोक्तान (डाइरेक्टर – प्रेस तथा प्रकाशन)
आकुर लुईंटेल (डाइरेक्टर – प्रेस तथा प्रकाशन)
श्याम स्मृत (डाइरेक्टर – प्रेस तथा प्रकाशन)
अर्जुन दाहाल (डाइरेक्टर – प्रेस तथा प्रकाशन)
डोमा लामा (डाइरेक्टर – प्रेस तथा प्रकाशन)

पंकज कार्की (डाइरेक्टर – क्रियटिभ डिजाइन)
भरतमान श्रेष्ठ (डाइरेक्टर – क्रियटिभ डिजाइन)

सुनिल शाक्य (पब्लिक रिलेसन अफिसर)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु