हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को ग्राण्ड फिनाले सम्पन्न भएकाे छ । आशिष राना ‘लाउरे’, दिया मास्के र रेमनदाश श्रेष्ठ निर्णायकको रुपमा रहेका यस सिजनकाे उपाधि आयुष श्रेष्ठले हात पारेकाे छ ।
अडिसनबाट विभिन्न चरणहरु पार गर्दै आयुष विजेता बन्न सफल भएका हुन् । उनले दश लाख नब्बे हजार रुपैँया नगद र यमाहा एफजेड २५० बाइक पुरस्कार पाएका छन् ।