स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ११, मंगलवार १९:३१

तौलिहवाः नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए ।

बैठकमा भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएका नेपालका कपिलवस्तु र रुपन्देही जिल्लाको सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुबै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको उनले बताए । सीमावर्ती क्षेत्र र दशगजाका सवालमा उत्पन्न हुने विवादलाई आपसी समझदारीका आधारमा सुल्झाउने प्रयास गर्ने र दुबै पक्षबाट आ –आफ्नो ढङ्गले केन्द्रलाई जानकारी गराउने पनि सहमति भएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

बैठकले भारतीय सिमावर्ती क्षेत्र चाकरचांैडा नाकामा भारतीय भन्सार कार्यालय राख्न सुझावसमेत दिएकोे छ । सो क्षेत्रमा भन्सार कार्यालय राख्न सके भारतको अलिगढवा घुम्न आउने पर्यटकलाई बौद्धस्थल लुम्बिनी र तिलौराकोट भ्रमणका लागि सहज हुनेछ । भारतीय पक्षले विशेष गरी सीमा क्षेत्रबाट आपराधिक गतिविधि नियन्त्रणमा नेपालतर्फ सशस्त्र प्रहरीले खेलेको प्रयासको प्रशंसा गर्नुभएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर पाण्डे, नं २८ गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी र भारतीय पक्षबाट सीमा सुरक्षा बल ४३ बटालियनका डेपुटी कमाण्डेन्ट पञ्कजकुमार बर्मा, एसएसबी इन्टेलिजेन्स ब्यूरोका प्रमुख एमएस रायको ससहभागिता थियो । आगामी बैठक कपिलवस्तुमा हुने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु