तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

उपराष्ट्रपतिको कार्यालय मंसिर मसान्तभित्र समाज कल्याण परिषद्को भवनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ११, मंगलवार १९:४४

 

काठमाडौं– सरकारले मंसिर मसान्तभित्र उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सार्ने तयारी गरेको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सार्ने गरी तयारीको कामलाई तीव्रता दिइएको जानकारी गराएको हो।

सोमबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले उपराष्ट्रपति कार्यालय सार्न परिषद्को भवन निर्माण तथा सुधारको काममा सहरी विकास मन्त्रालय लागि रहेकोे जानकारी गराए।

मन्त्रालयले समाज कल्याण परिषद्को कार्यालय भने ललितपुरको पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने निर्णय पनि गरेको छ। परिषद्का कर्मचारीहरुको मागअनुसार उनीहरुको कार्यालय पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने व्यवस्था गरिएको पनि सचिव खड्काले बताए।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय भवन समाज कल्याण परिषद्को भवनमा सार्ने निर्णय लिएको पनि स्पष्ट पारेको छ। सचिव खड्काले समाज कल्याण परिषद्को कामलाई व्यवस्थित बनाउन आवश्यक ऐन, कानुन संशोधन गर्न लागिएको पनि जानकारी दिए। उनले राष्ट्रिय लेखा प्रणालीमार्फत् सबै गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउने योजना पनि अघि सारे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा निर्माण गरिएको सो भवनमा उपराष्ट्रपति कार्यालय राख्न लागिएकोमा समाज कल्याण परिषद्का कर्मचारीहरुले असन्तुष्टि जनाइरहेका छन्।

यता, सरकारले भने त्यो भवन अर्थ मन्त्रालयको सम्पत्ति भएकाले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको स्पष्ट पारेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु