ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

ट्राफिक नियन्त्रण तालिम समापन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १२, बुधबार १८:४०
काठमाडौं, असोज १२  ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय सशस्त्र प्रहरी गण नं २  महाराजगंजमा संचालित १२९औं समूहको ट्राफिक नियन्त्रण तालिम समापन भएको छ । उक्त तालिम समापनका अवसरमा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथमा बुधाबार आयोजित एक कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पन्तले तालिममा सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सिपलाई कार्यक्षेत्रमा प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै असोज १४ गतेबाट संचालित उक्त तालिममा ६ जना महिला सहित गरी कूल ७० जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु