एकनाथ ढकाल, सहअध्यक्ष
एसिया प्यासिफिक सम्मेलन २०१८
एकनाथ ढकालको परिचय राजनितिज्ञ तथा समाजसेवीको हो । विस २०४६ सालको आन्दोलनबाट राजनिति आरम्भ गरेका ढकाल यतिबेला नेपाल परिवार दलको अध्यक्ष छन् । विस ०६४ सालको पुस महिनामा गठन भएको परिवार दलले दुई पटक भएको संविधानसभाको निर्वाचनमा आफ्नो प्रतिनिधित्व गराउन सफल भइसकेको छ । अध्यक्ष ढकाल स्वंय पार्टीको तर्फबाट मन्त्रीसमेत भए । पार्टी गठनको छोटो अबधिमा नै ढकाल र उनको दलले हासिल गरेको सफलता रहरलाग्दो छ ।
विस २०३१ साल असार ३१ गते गोरखामा जन्मिएका ढकाल सानैदेखी सामाजिक कार्य र चेतना विस्तारमा सक्रिय रहे भने नेतृत्व क्षमता भएकैले राजनितिक सफलता हासिल गरिरहेका छन् । नेपालको विशिष्ट परिस्थीतिलाई मसिनो ढंगबाट बुझेर परिवार दलको स्थापना गरिएको बताउने ढकाल यहाँको बहुभाषा, धर्म, सस्ंकृति जस्ता कुरामा मात्र विविधता होइन, हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधताका कारण यहाँ बस्ने हामी सबै नेपाली हौं भन्ने भावनाको विस्तार गर्न परिवार दलको स्थापना गरिएको बताउँछन् देशको आर्थिक, राजनितिक, सामाजिक विकासका लागि आफ्नो दल प्रतिबद्ध र क्रियाशिल रहेको ढकालको भनाइ छ । ढकाल इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपि)को एसिया प्यासिफिकको अध्यक्षसमेत छन् ।
राजनितीसँगै विश्वमा शान्ति स्थापना गर्ने अभियानसंग पनि ढकाल जोडिएका छन् । विश्वलाई निशस्त्रीकरण गरेर शान्तिको मार्गबाट नै विकास हासिल गर्न सकिन्छ भन्ने कुरामा उनी विश्वास राख्दछन् । विभिन्न पक्ष, समुह, आस्था, दृष्टिकोण राख्ने संघसंस्थाहरुलाई एउटै मञ्चमा ल्याएर मानव उत्थान गर्ने आफुहरुको अभियानको उद्देश्य भएको ढकालको भनाइ छ । हाल यही अभियान अन्र्तगत अन्तर्राष्ट्रिय युनिभर्सल पिस फेडरेशन(युपिएफ) को नेपाल अध्यक्ष रहेका छन् । यस संस्थामार्फत नेपालको शिक्षा क्षेत्रमा निकै ठूलो योगदान पुर्याएका ढकालकै पहलमा नेपालमै पहिलोपटक एसिया प्यासिफिक सम्मेलन यहि मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंको हायत रिजेन्सीमा हुँदैछ । नेपालको नाम विश्वमै स्थापित गर्न यो सम्मेलन सहयोगी हुने बताउने ढकाल अहिले सम्मेलन सफलताका लागि सक्रिय भएर लागिरहेका छन् । यसै सन्दर्भमा ढकालसँग जनसवाल दैनिकले गरेको अन्तवार्ताको सारसंक्षेप :
एसिया प्यासिफिक सम्मेलनको बारेमा बताईदिनुस न ?
एसिया प्यासिफिक सम्मेलन यहि मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंको हायत रिजेन्सिमा सम्पन्न हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो । नेपालमा जननिर्वाचित संविधानसभाद्वारा नयाँ संविधान जारी भइ सफलतापूर्वक शान्ति प्रक्रिया निस्कर्षमा पुगेको सुखद पक्षलाई प्रकाश पार्न पनि यो शिखर सम्मेलन काठमाडौमा आयोजना गरेका हौँ । यस सम्मेलनले विश्वमा तत्काल देखिएका गरिबि, भ्रष्ट्राचार, आतंकवाद, जलवायु परिवर्तन जस्ता विषयवस्तुबाट विश्वका सबै मुलुक आक्रान्त भईरहेको अवस्थामा त्यसको समाधान ल्याउने प्रयास गर्दछ । सम्मेलनमा विश्वका विभिन्न देशबाट आउनुभएका अति विशिष्ट पाउनाहरुसँग सबै देशका साझा समस्याका बारेमा द्विपक्षिय र बहुपक्षिय छलफल हुनेछ र सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्ने छ । यो सम्मेलन नेपाल जस्ता देशको विकासको लागि कोशेढुंगा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु । सम्मेलनको मुख्य आयोजक तथा प्रायोजक युनिभर्सल पिस फेडरेशन(युपिएफ) अन्तर्राष्ट्रिय हो । यो संस्था संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्बाट मान्यता प्राप्त संस्था हो । विश्वमा शान्ति, भाइचारा, सहिष्णुता, समृद्धि र विकास अभिवृद्धि गर्ने अभिप्रायले गठित यो संस्थाको विश्वका १५५ मुलुकमा सक्रिय उपस्थिति रहेको छ । सम्मेलनमा संस्थाको लगभग २० करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।
एशिया प्यासिफिक सम्मेलनमा कुन कुन देशका कस्ता कस्ता व्यक्तित्वहरुको सहभागिता रहने छ ?
नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूसहित एशिया प्यासिफिक सम्मेलन आयोजना हुँदै छ । करिब १५०० जना सहभागी हुने सम्मेलन मङ्गसिर १४ देखि १७ गतेसम्म काठमाडौको ह्यात रिजेन्सी होटलमा हुँदैछ । ‘बर्तमान समयका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वब्यापक मूल्य–मान्यता’ मूल नारा रहेको सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष र सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरूको सहभागीता रहनेछ ।
सम्मेलनमा कति जना विशिष्ठ व्यक्तित्वहरु सहभागि हुने सुनिश्चितता भईसकेको छ ?
७ जना राष्ट्र÷सरकार प्रमुख तथा उपप्रमुखहरू, ५ जना प्रथम महिला, १० जना पूर्व राष्ट्र÷सरकार प्रमुखहरू, १ जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू लगायत विश्वका विभिन्न देशका १५०० भन्दा बढीको सहभागीता रहनेछ । सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आङ सान सूकी भने आफ्नै विमानमा आउनेछन् । सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाहरुलाई राख्न त्यस अवधिभरका लागि राजधानीका अधिकांश तारे होटल बुक गरिसकेका छौं । राजधानीको ह्यात रिजेन्सी होटलमा करिव ३६०० जना अट्ने अस्थायी सम्मेलन हलसमेत निर्माण गरी सकेका छौं ।
सम्मेलनमा के–कस्ता विषयहरुको उठान हुनेछ ?
विश्वमा रहेको गरिवी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पतन, जबर्जस्ती करणी, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीपूर्ण विषयहरुको सरल समाधानको खोजीको निमित्त यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ । सम्मेलनले विशेषत जलवायु परिवर्तनका विषय पनि उठान गर्दै छ । जलवायु परिवर्तनमा सबैभन्दा समस्यामा परेको देश नेपाल हो । सम्मेलनमा हामिले यो मुद्धालाई पनि प्राथमिकता दिनेछौं । यस्तै विधि समस्याहरुको सम्बोधनको लागि युनिभर्सल पिस फेडरेशनले सरकार, नागरिक समाज, नीजि क्षेत्रका प्रतिनिधिहरूको सहकार्यमा यस्ता अन्तराष्ट्रिय शिखर सम्मेलनका सृङ्खलाहरू नै विश्वब्यापी रुपमा आयोजना गर्दै आएको छ । नेपालमा पहिलो पटक यस्तो बृहत शिखर सम्मेलनको आयोजना गरेका हौं । यो भन्दा पहिला विश्वका विभिन्न देशमा यस्ता कार्यक्रमहरु भब्यताका साथ सम्पन्न भईसकेका छन ।
सम्मेलनमा समृद्धिको लागि के कस्ता विमर्शहरु हुनेछ ?
विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सबै मुलुकहरुमा कसरी शान्ति, सुरक्षा, सुशासन, समृद्धि र विकासको लहर ल्याउन सकिन्छ भन्नेबारेमा सम्बोधन हुनेछ भने, अन्य विज्ञहरुबिच सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, पर्यटन प्रवद्धन, संचारमाध्यमको भूमिकाबारे समेत छलफल हुनेछ ।
नेपाल सरकारको मूल नारा ‘समृद्ध नेपालः सुखि नेपाली’ लाई पुरा गराउन विभिन्न दिर्घकालिन नीतिहरु अवलम्वन गराउन यस शिखर सम्मेलनले जोड दिने छ । शिखर सम्मेलनको बेला हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले पारस्परिक कुटनीतिक उचाई समेत बढाउने छ । सम्मेलनमा सहभागी हुन आउनु हुने राज्य र सरकार प्रमुखको प्रतिनिधि मण्डलमा विदेशी लगानीकर्ता तथा उद्यमीहरू समेत छन । उनिहरुले यहाँ व्यावसायीक लगानीको अवसर समेत खोज्नेछन । सहभागी उद्योगपति र व्यापारिहरुले नेपालका उद्योगि व्यावसायीहरुसँग परामर्श गर्नेछन र उहाँहरुले आफ्नो लगानि सुरक्षित ठानेमा नेपालमा मनग्य लगानी गर्नेछन । साथै, विश्वका विभिन्न देशका विशिष्ठ पाउनाहरुसँगै त्यहाँका संचार माध्यमहरुबाट बरिष्ठ पत्रकारहरुको पनि सहभागिता हुने भएकोले नेपालको विविध पर्यटकीय सुन्दरता, शान्तिदुत बुद्धको जन्मभूमी लुम्बिनि, विश्वको सर्वोच्च शिखर सगरमाथा र सांस्कृतिक एवं जातिय विविधताहरु अन्तर्राष्ट्रिय संचार जगतमा फैलिने छ र विश्वबाट नेपाल आउने पर्यटकहरुको संख्या बढ्ने छ । यसले सरकारको भिजिट नेपाल–२०२० लाई पनि मद्यत पु¥याने छ । तसर्थ, यो सम्मेलनले नेपालई फाइदै–फाईदा पु¥याउछ ।
सम्मेलनमा नेपाल सरकारको कस्तो भूमिका रहन्छ ?
यस शिखर सम्मेलनमा नेपाल सरकार विशेष सहयोगीको भूमिकामा रहेको छ । अहिले हामीलाई नेपाल सरकारले– विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा र उनिहरुको सुरक्षा जस्ता महत्वपूर्ण पक्षहरुमा निरन्तर सहयोग गरिरहेको छ । नेपाल सरकारले विश्वभरबाट आउनुभएका अति विशिष्ट पाहुनाहरुको लागि सुरक्षाको व्यवस्था गर्ने छ ।
शिखर सम्मेलनको समापन कसरी हुन्छ ?
जलवायु परिवर्तन र काठमाडौं घोषणा पत्र बारे बिशेष उद्घोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुने छ । नेपाल, भारत, चिन, अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र अमेरिकाका कुटनितिज्ञ तथा बौद्धिक ब्यक्तित्वहरूले काठमाडौं घोषणापत्रको मस्यौदा तयार पार्नेछन । हामिले काठमाडौं घोषणा पत्र विश्वभर पु¥याने छौं ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
यस्तो शिखर सम्मेलन नेपालमा हुनु नै सबैभन्दा गौरवपूर्ण कुरा हो । एशिया प्यासिफिक र विश्व स्तरमै शान्ति, भाइचारा, सहिष्णुता, समृद्धि र विकास अभिवृद्धि गर्ने अभिप्रायले आयोजित एशिया प्यासिफिक सम्मेलनमा सबै क्षेत्र र समुदायलाई सक्रिय रुपमा सहभागी हुन समेत मेरो हार्दिक आग्रह छ । सम्मेलनले नेपाललाई विश्व मानचित्रमा नयाँ ढंगले चिनाउने भएकोले हामी सबै मिलेर यसलाई सफल बनाउन लागि परौं । यस्ता सम्मेलन नेपालमा भईरहनु पर्दछ । यो सम्मेलनले नेपाल जस्तो देश विश्वमा चिनिने छ ।
श्राेतः janasawal.com