काठमाडौं : काठमाडौं उपत्यकामै एकैदिन दुई बलात्कार भएका छन् । काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित क्वासी चाईनिज होटल एण्ड रेष्टुरेण्टको स्टाफ रुममा कोठा खोज्दै पुगेकी काठमाडौं महानगरपालिका–१८ थापाथली सुकम्बासी टोल बस्ने उदयपुरकी २२ वर्षीया महिला मंगलबार राति जबरजस्ती करणीमा परेकी छिन् ।
महिलालाई करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने गोरखाका १८ वर्षीय विराज गुरुङ र सोही ठाउँ बस्ने काभ्रे, पाँचखाल नगरपालिका–१५ का १७ वर्षीय सोम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थल नजिक रहेका तथा करणी गर्न प्रयास गर्ने अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, भक्तपुर सूर्यविनायक नगरपालिका–९ भाते ढिकुर बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी चौतारा नगरपालिकापा–९ कदमबासकी १४ वर्षीया बालिका नगरकोटमा करणीमा परेकी छन् । उनलाई मंगलबार राति चाँगुनारायण नगरपालिका–६ नगरकोटमा ललाइफकाइ करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी नगरपालिका–९ हरहर महादेव बस्ने रामेछाप रामपुर–३ का १८ वर्षीय अविनाश भनिने ध्रुव नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।