दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

रेडियो नेपाल को वरिपरि को सरसफाइको जिम्मेवारी पाएकाे कल्याणकारी स्वयंसेवक संघ को पहिलो र दोस्रो चरणको सफाई सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १३, बिहीबार ०८:०५

काठमाडाै, १३ मंसिर।  कल्याणकारी स्वयंसेवक संघ, नेपालले रेडियो प्रसारण विकास समितिको पोखरी लगायत यस ठाउँहरुको कम्पाउण्डको पहिलो र दोस्रो चरणको सरसफाई सम्पन्न गरेकोछ । परिवर्तनका लागि स्वयंसेवक भन्ने मुल नारा लिएर अगाडी बढेको यस संस्थाले आफ्नै सदस्यहरुले शनिवारको समयलाई सरसफाई तथा परोपकारी कार्य गर्दै आईरहेका छन् । यस संस्थामा स्वार्थ भन्दा माथिरहेर खाली समय निस्वार्थ सेवामा समर्पीत हुन्छु भनि आवद्धता भएका ५० औँ स्वयंसेविहरु हिलो, धुलो र पानी नभनी सरसफाई कार्यमा जुटेका थिए । पोखरी सरसफाई को क्रममा पहिलो चरणमा कम्पाउण्ड भित्रबाट ६०० बोरा फोहोर बाहिर निकालेका थिए भने दोस्रो चरणमा १००० बोरा निकालीएको थियो । पोखरी भित्रको हिलो पूर्ण रुपमा बाहिर निकाली यस पोखरीमा पानी लामो समयसम्म रहने गराउनको लागि मर्मतको कार्य पनि संगै भईरहेकोछ ।

यस मर्मत कार्यमा लाग्ने सम्पूर्ण खर्च सस्थाले व्यहोर्ने छ यसका लागि प्राविधिकहरु बाहेक स्वयंसेवकहरु बाट सक्दो श्रम गरिने सस्थाका अध्यक्ष अक्कल बहादुर तामाङ ले बताउनु भएको छ । साथै समय र स्वयंसेवी भावना भएका जो कोहिले पनि यस कार्यमा सहभागिता जनाई सहयोग गर्न सक्ने कुरा बताउनु भएको थियो । सरसफाईमा सहभागि हुनको लागि सस्थाकै सदस्यहरु विश्वको सर्बोच्च सगरमाथाको सफल आरोही छोकी शेपा, प्राध्यापक, विद्याथी तथा महिलाहरुको सकृय सहभागिता रहेको थियो । यस कार्यले विभिन्न समस्याहरुको समाधान एकल प्रयासबाट मात्र सार्थक हुन सक्दैन यसको लागि सामुहिक प्रयास आवश्यक हुन्छ भनी सहकार्य गरि सहभागितामुलक कार्य प्राथमिकताको विसय रहदै आईरहेकोछ । देशमा रहेको स्थिरता शान्ति र विकासका लागि केही गर्नुपर्छ भन्ने अभिप्रेरित हुँदै सचेतनामूलक एवं स्वयंसेवी भावनाका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकोछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु