दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संगीतकार मिन विष्टको “झ्याइँ झ्याइँ”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १३ गते, बिहीबार १९:११

काठमाडौँ – सांगीतिक क्षेत्रका लागि मिन विष्ट कुनै नौलो नाम होइन । उनी विगत दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आईरहेका छन् ।
केही न केही नौलो प्रयोग गरिरहन रुचाउने मिनले यो पटक भने नेपाली बाजा गाजाले उनिएको “झ्याइँ झ्याइँ झ्याइँ ” बोलको यो गीतलाई थ्री डिमा प्रस्तुत गरेका छन् ।

पछिल्लो समयमा प्रविधिको विकास सँगै थ्रिडि फिल्मस्, थ्रिडि गेम्सको अत्यधिक माग छ । दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन,ध्वनिमा पनि तेस्रो आयाम हुन्छ ।
आँखा चिम्लेर हामी ध्वनि सुनेको भरमा कुनै वस्तुको पहिचान र त्यसको दूरीको अनुमान गर्न सक्छौं । प्रविधिको यो उपयोग संगीतमा गर्दै नेपालमा पनि मीन बिष्टले फेरी थ्रिडि गीत निकालेका छन् ।
कला साहित्य चेप्टो हुनु हुँदैन भनेर उहिल्यै आयामेली साहित्यकारहरुले तेस्रोआयामको साहित्यिक आन्दोलन गरेका हुन् । विश्व संगीतमा गीतको प्रस्तुति र विषय वस्तुको विविधताले गर्दा त्यो चेप्टोपना देखिँदैन तर नेपाली गीतहरु भने युवायुवतीबीचको मायाप्रीतिको विषयमा एक स्थाइ र दुई समान लय र मात्राका अन्तराहरुमा बाँधिने गरिएको छ ।
यसैमा मात्रै सीमित रहेर चेप्टोपनाको आभाष दिइरहेको सबैले महशुस गरिएको हो । यसलाई केही हद सम्म यो गीत ले मेटाउने छ र नयाँ स्वाद पक्कै दिने छ ।
शब्द जानु काम्बाङ लिम्बु रहेको छ भने एरेन्जर कुमार थापाले गरेका हुन । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतमा मिन आफैले संगीत भरेका छन् हेडफोन अनिवार्य लाएर सुन्ने आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको
सुन्न सकिन्छ, गीत हेर्न भन्दा सुन्न बनाउनु पर्छ भन्ने मान्यत मिन ले राख्दछन् ।
जसले गर्दा गीतद्वारा स्रोताको मस्तिष्कमा दृश्य निर्माण गर्न यो गीत सक्षम छ । नेपाली संगीतमा विशेषत मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका छन् उनी चलचित्रकर्मी पनि हुन् ।
नेपाली गीत संगीतलाई मन पराउने स्रोता दर्शकहरुले यो गीतलाई माया गरेर सुनेर सबै सामु पुर्याएर साथ दिनको लागि सहयोग पुर्याउन मिन बिस्टले सबैमा अनुरोध गर्दै सल्लाह र सुझावको पनि अपेक्ष्या गरेका छन् ।
दर्शक र स्रोताहरुको निरन्तर साथ र सहयोग पाएको खण्डमा भविष्यमा यस्तै नयाँ नयाँ प्रस्तुतीहरु दिंदै जाने पनि बिष्टले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु