चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको पूर्नरनिर्माण शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १४, शुक्रबार ०८:०५

काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक
कीर्तिपुण्य महाविहारको कुलदेवता (दिगुद्यः)को पूर्नरनिर्माण प्रारम्भ गरेको हो।

विहीवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको जगमा विशेष पूजा गरेर निर्माण शुभारम्भ गरेका छन्।

ऐतिहासिक महत्व वोकेको प्राचिन महाविहारको कुल देवता मन्दिर विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण अत्यन्त जीर्ण तथा ध्वंस्त नै बनेको मन्दिरको पूर्नरनिर्माण शुभारम्भ गर्न पाउंदा महानगरपालिकाको मेयरको हैसियतले अत्यन्त गर्ब लागेको मेयर शाक्यले बताएका छन्। यो बर्ष विशेषत महानगरपालिकाले पूर्वाधार बर्षको रुपमा पूर्नरनिर्माण कार्यमा अग्रता दिएको र सम्पदा संरक्षणमा महत्व दिएको पनि मेयर शाक्यले भनेका छन्।

कीर्तिपुण्य महाविहार काठमाडौं उपत्यकाकै अत्यन्त प्राचिन महाविहार मध्ये एक हुन् । यस महाविहार भित्र अवस्थित यो दिगुद्यः स्थानिय शाक्य समुदायको इष्टदेवता हुन्। भगवान बुद्धको गृहनगर कपिलवस्तुबाट लखेटिएका शाक्यहरूले कान्तिपुरमा आफ्नो बसोवासका साथसाथै यो दिगुद्यः स्थापना गरेको स्थानियको भनाई रहेको छ।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण प्रारम्भ गरिएको यस दिगुद्यः ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु