ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

पहिलो पाइला बुटवलले मंसिर २२ गते अर्घाखाँचिमा भाग्य बोक्ने झोला बितरण गर्दै !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १४, शुक्रबार ०८:३६
गरिब दुखिको साहारा बन्दै सामाजिक कार्यमा छोटो समयमा नै लोकप्रिय बनेको पहिलो पाइला नेपाल रुपन्देहीले भाग्य बोक्ने झोला अभियान अन्तर्गत केही दिनमै अर्घाखाँचिमा भाग्य बोक्ने झोला बितरण गर्ने भएको छ ।
पहिलो पाइला रुपन्देही शाखाले अर्घाखाँचीका २ विद्यालय जीवनज्योती आधारभुत बिद्यालय र नर्सर आधारभुत बिद्यालयमा यही मङ्सिर २२ गते भाग्य बोक्ने झोला वितरण गर्ने भएको हो । पहिलो पाइला रुपन्देही शाखा बुटवलले पनि स्थापना समय देखिनै भाग्य बोक्ने झोला अभियानलाई तिब्रता दिइरहेको छ ।
यसैक्रममा रुपन्देही शाखाले केही दिनमै अर्घाखाँचीको मालारानि गाउँपालिका वडा नं. ३ खनारमा अबस्थित जिबन ज्योति आधारभुत विद्यालय र नर्सरी आधारभुत विद्यालयमा भाग्य बोक्ने झोला वितरण गर्न लागेको हो ।
गरिब, दिन दुःखी, असाय, अपाङ्ग भएका बिभिन्न विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला अभियान सञ्चालन गरेर पहिलो पाइला नेपालले देशका बिभिन्न ठाउँमा सक्रिय रुपमा अभियान सञ्चालन गरेको छ ।
अर्घाखाँचीको कार्यक्रमको शन्दर्भमा कुरा गर्दै कार्यक्रम संयोजक केशव खनाल भन्छन हाम्रो अभियानलाई साथ दिदै विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले सहयोग गरिरहनुभएको छ आसा छ कार्यक्रम सफल हुदा सम्मनै सबैको साथ सहयोग रहने छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु