दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अदालतको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायम गर्न अप्ठ्यारो : पर्यटनमन्त्री अधिकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १४, शुक्रबार १९:०७
काठमाडौं, १३ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको बताएका छन् । राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३८ औं स्थापना दिवसको उद्घाटन गर्दै उनले भने, ‘यहाँ दूर्भाग्यपूर्ण अवस्था छ । बीच–बीचमा एउटा स्टे अर्डर ल्याएर क्यासिनो चलाइदिएको हुन्छ । दुई ठाउँमा मेरो मन्त्रालयको जटिल अवस्था छ । एयरपोर्टको पसल हटाउने भनियो तर त्यहि स्टे अर्डर लिएर आईदिन्छन्, अर्काे क्यासिनोमा । म अदालतको सम्मान गर्दै भन्न चाहन्छ, यस्ता खालको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायम गर्न अप्ठ्यारो भएको छ । हामी सुशासन चाहन्छौं । गलत तरिकाको स्टे अर्डर आउने काम नहोस् । ’
कानून नभएकाले पनि यो समस्या देखा परेको भन्दै उनले क्यासिनो लगायत पर्यटन क्षेत्रलाई समेट्ने नयाँ संघीय पर्यटन ऐन–२०७५ जारी गर्ने तयारीमा सरकार रहेको बताए । उनले अबको तीन/चार महिनामा संसदले त्यो कानून ल्याउने र पर्यटन क्षेत्रका तमाम समस्या समाधान गर्न सहज हुने उनको विश्वास थियो ।
‘२०३५ सालको पर्यटन कानून ८० प्रतिशत संशोधनको खाँचो देखिएपछि अहिले ऐनको मस्यौदा भईरहेको छ । आउँदो संसदबाट पाश गछौं, जसले क्यासिनो होटल लगायत पर्यटन क्षेत्रका सबै क्षेत्र स्वतः कानूनद्धारा व्यवस्थित हुनेछन्, त्यतिबेला स्टे अर्डरको काम हुने छैन ।’ उनले भने ।
उनले नेपालमा पर्यटनबाट जिडीपीको योगदान १० प्रतिशतसम्म पुर्याउनेबारे आफूहरुले सोचिरहेको पनि बताए ।
मजदुरको हकहितका लागि कुनै कसर बाँकी नराख्ने भन्दै उनले रोयल्टी नतिर्ने क्यासिनो नविकरण नगरिने बताए । उनले भने, ‘सिमाक्षेत्रका केही महत्वपूर्ण ठाउँमा क्यासिनोको बढी सम्भावना रहेको त्यसलाई क्यासिनो हबकोरुपमा विकास गर्नुपर्दछ । नगरी पर्यटनको योगदान सोचेजस्तो हुँदैन । पुरातन सोचेर हुँदैन । ’ उनले अन्य पर्यटकीय प्रोडक्टको विकास गरिने पनि बताए ।
कार्यक्रममा होटल संघ नेपाल हानका अध्यक्ष अमरमान शाक्यले मजदुरको दक्षता विकास गरी पर्यटनको विकासमा लाग्न आफूहरु दत्तचित्त रहेको बताएका थिए । त्यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँबरले होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका मजदुरको समस्याका सन्दर्भमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहभागी अन्य मजदूरले क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा सञ्चालकले विभिन्न बहानामा ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
कार्यक्रममा अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने युनियन आबद्ध मजदूरका तीन सन्ततिलाई ‘स्व. माधव न्यौपाने स्मृति छात्रवृत्ति’ समेत प्रदान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा क्रियाशील आधिकारिक ट्रेड यूनियनलाई प्रदान गरिएको थियो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु