प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

ए डिजिभन लिग– प्रहरीद्वारा एनआरटी पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १४, शुक्रबार १९:३७

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलसँगै प्रहरीले १० अङ्क जोडेको छ ।

प्रहरीको जितमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे । खेलको पहिलो हाफको ४१ औँ मिनेटमा प्रहरीका नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफसम्म शुन्यका विरुद्ध एक गोलको अग्रता लिएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६६ औँ मिनेटमा प्रहरीका अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने खेलको ८२ औँ मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा प्रहरीका नीरकुमार राई म्यान अफ दि म्याच घोषित भए । पराजित एनआरटी एक अङ्कका साथ लिगको पुछारमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु