चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

रातारात पुरियो काठमाडौंका खाल्डाखुल्डी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १५, शनिबार ०८:१८

काठमाडौं : काठमाडौँमा हुने एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन ४५ देशका विशिष्ट पाहुनाहरु आउँदैछन् । उनीहरु आउने भएपछि काठमाडौँ सहरलाई रातारात चिलाम्मे बनाइएको छ ।  सर्वसाधारणले बारम्बार गुनासो गर्दा पिच नभएको सडक फेरि एउटा गैर सरकारी संस्थाले आयोजना गर्न लागेको सम्मेलनका लागि टालटुल भएको छ ।  चारदिने ‘एसिया प्यासिफिक सम्मेलन’का लागि काठमाडौंका विभिन्न स्थानको सडक रातारात पिच तथा टालटुल गरिएको हो ।

कार्यक्रम आयोजना हुने होटल हायात आसपासदेखि चावहिल मित्रपार्क लगायतका स्थानको सडक गएराति टालिएको हो । साथै वाटोको धुलो समेत ब्रुमरले सफा गरिएको छ । सर्वसाधारणले धुलो र हिलोको गुनासो गर्दा पिच नभएको सडक एउटा गैर सरकारी संस्थाको सम्मेलनका लागि टालटुल गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि बिमस्टेक सम्मेलनका क्रममा पनि सडकमा रातारात पिच गर्नुका साथै टालटुल गरिएको थियो । त्यसरी गरिएको पिच एक सातापनि टिकेको थिएन । काठमाडौंको धेरै ठाँउका सडकमा खाल्डा भएपनि विशिष्ट अतिथि आउने सडक मात्रै पिच भएकोमा पनि सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु