डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

एसइई परीक्षा आगामी चैत्र १० गतेदेखि संचालन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १५, शनिबार ०८:३२

भक्तपुर। यो बर्षको विद्यार्थीहरुको फलामे गेट मानिएको एसइई परीक्षा आगामी चैत्र १० गतेदेखि संचालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि सञ्चालन गर्ने भएको जनाएको हो।

बोर्डले विहीवार एसइई परीक्षाको तालिका सार्वजनिक गरेको छ। आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जनाएको छ।

बोर्डका अनुसार आगामी चैत १० अनिवार्य अङ्ग्रेजी र ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ। त्यस्तै चैत १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा छ।

चैत १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ।

त्यस्तै चैत १७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित, १८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन गरिनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु