पौष २७ गतेबाट अल नेपाल रिलिज हुने फिल्म द ब्रेकअपको दोश्रो गीत हरपल सार्वजनिक भएको छ । फिल्म युनिटले उक्त गीत सामानिक सञ्जाल युट्युबबाट सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा विराज गौतमको स्वर तथा संगीत, प्रकाश मल्लको शब्द, र विशेष पाण्डेको ऐरेञ्ज रहेको छ । गीतको भिडीयोमा आशिरमान देशराज जोशी र शिल्पा माश्केलाई रोमान्टिक मुडसँगै बोल्ड किस दिएको देख्न सकिन्छ । फिल्ममा आशिरमान र शिल्पाको अलवा इच्छा कार्की, सरोज खनाल र रेमनदास श्रेष्ठको पनि मूख्य भुमिका रहेको छ । नरेन्द्र मैनालीले खिचेको फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । निर्देशक हेमराजसँग निर्माता रोहित अधिकारीको मनमुटाव भएपछि रोहितले ब्रेकअप छोडेका हुन् ।
फिल्मी फण्डाबाट