फिल्म पुरानो बुलेटको पहिलो गीत मंसिर १५ सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा उत्तम जङ्ग लिम्बु र मेलिना राईको स्वर, राम भट्टराईको शब्द, उत्तम जङ्ग लिम्बुको नै संगीत र प्रशान्त तामाङ्गको कोरियोग्राफी रहेको छ । गीतको भिडीयोमा नायक अनुप विक्रम शाही र वर्षा शिवाकोटीले कम्मर मर्काएका छन् । फिल्ममा निर्देशक भिषण र कार्यकारी निर्माताा सन्तोषको कथा तथा पटकथा र हरि घले लामाको छायांकन रहेको छ । भिषण राईको डेब्यू निर्देशन रहेको यस फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बु, कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म चैत्र १ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । सन्तोष राई कार्यकारी निर्माता रहेको यस फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्मी फण्डाबाट