काठमाडौँ। मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डबाट बाहिरिएकी छन्। श्रृंखला फाइनल राउण्डमा सिंगापुरसंग पराजित हुदै अन्तिम ३० भित्र पर्न असफल भएकी छन्। तर श्रृंखलाको अन्तिम ३० मा पुग्ने अवसर भने अझै बाँकी रहेको छ ।
यसअघि मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डको यात्रा तय गर्न सफल २० समूहध्ये १३अाैं समूहकाे विजेता बन्दै श्रृंखला दोस्रो राउण्डमा पुगे पनि प्रश्न उत्तरको सो राउण्डमा जजले सिंगापुरकि सुन्दरीलाई विजयी बनाएका हुन्। हेद टु हेद च्यालेन्जबाट अन्तिम ३० मा छानिएका १० देशमा फ्रान्स, फिलिपिन्स, बंगलादेश, लेबनान, गौदेलोउप, भारत, सिंगापुर, बुल्गेरिया, ट्रीनिडाड एण्ड टोबागो र युगान्डा छानिएका छन्।
अब श्रृंखलाको सेमीफाइनलको ३० जनामा पुग्न ब्यूटी विद पर्पस र मल्टिमिडिया प्रतिष्पर्धामा जितेमा पुग्ने सम्भावना बाँकी नै रहेको छ । ५ प्रतिस्पर्धामध्ये टप मोडल र स्पोर्टस सम्पन्न भइसकेको छ । टप मोडल जापानले र स्पोर्टस् अमेरिकाले जितेको छ । श्रृंखलालाई अझै पनि भोट गरेर मल्टिमिडिया प्रतिष्पर्धामा भने जिताउन सकिन्छ।