चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, उपराष्ट्रपतिलाई जिम्मेवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १७, सोमबार ०८:०१

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उन शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि आइतबार उनले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नेछिन ।

उनलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा मन्त्रीलगायत उच्च सरकारी अधिकारी र सुरक्षा प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । सो क्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीका सम्मानमा २१ तोपको सलामी अर्पण गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार नै राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच आगामी मङ्गलबार द्विपक्षीय भेटघाट हुने जनाइएको छ । राष्ट्रपति भण्डारी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको कातोबीचेमा मङ्सिर १६ देखि २८ गतेसम्म आयोजना हुँदैछ । विश्वका १९६ मुलुकका करीब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रुपमा लिइएको छ ।

उपराष्ट्रपतिलाई जिम्मेवारी
राष्ट्रपति भण्डारी शनिबार औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गर्नुभएकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ । राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस ः राष्ट्रपति
काठमाडाँै(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाएकी छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि शनिबार पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भनिन, “ हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।”

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु