प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १७, सोमबार ०८:०४

काठमाडौं। युनिभर्सल पिस फाउण्डेसनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कृत गरेको छ।

नेतृत्व र सुशासनको १ लाख डलरको पुरस्कार प्रधानमन्त्री ओलाीलाई प्रदान गरेको हो। आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कारवाट पुरस्कृत गरिएको हो।

प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने सोही समारोहमा घोषणा गरे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु