रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

राष्ट्रपति द्वारा २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा शुभकामना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १७, सोमबार ०८:१०

काठमाडौ मसिर १६“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्‍चितता” (Empowering persons with disabilities and ensuring inclusiveness and equality) भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु पर्दछ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रबर्द्धनका लागि विभिन्‍न कामहरु भैरहेका छन् तापनि संयुक्त राष्ट्रसंघीय अपाङ्गता सम्बन्धी महासन्धीमा उल्लेखित अधिकारहरु सुनिश्‍चितताका लागि अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाको लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी छ ।
शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्ग मैत्री कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रकृयामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता जस्ता विषयहरुलाई आत्मसात गरी श्रोत, साधन लगायत आवश्यक कुराहरुको प्रवन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजाने तर्फ हामी सबैले ध्यान केन्द्रित गर्नु पर्छ भन्‍ने मलाई लाग्छ।
अन्तमा, अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा यस क्षेत्रमा काम गर्ने नागरिक समाज, अपाङ्गता भएका व्यक्तिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था सबैलाई यस क्षेत्रमा अझ क्रियाशिल भई कार्य गर्न थप उत्प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु