रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

धौलागिरी यातायात पनि अनलाईन टिकटिङमा, बाग्लुङदेखि मुस्ताङसम्मका जनता काउन्टरमा धाउन नपर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १७, सोमबार ०८:२०

१६ मंसिर काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्नेछन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो ।

साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यात्रायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित् बनाउँदै अब सबै कुरालाई अटोमेशनमा लैजानेछौँ । ’


यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु