दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

पिछडावर्ग आयोग गठन हुनुपर्छ : राजपा नेता यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १७, सोमबार ०८:२७

काठमाडौं, १६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महेन्द्र यादवले संवैधानिक पिछडावर्ग आयोग गठन हुनुपर्ने माग गरेका छन् । उनले पिछडावर्ग समुदायका व्यक्तिहरुलाई राज्यले उपेक्षा गरेको आरोप लगाउँदै उनीहरुलाई अधिकार सम्पन्न बनाउन पिछडावर्ग आयोग आवश्यक रहेको बताएका छन् ।

नेता यादवले मधेशका पिछडावर्गहरु जागरुक नभएसम्म मधेशको मुक्ति सम्भव नरहेको समेत दाबी गरेका छन् । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले आइतबार मधेश मिडिया हाउसमा आयोजना गरेको वार्षिक साधारणसभा कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै राजपा नेता यादवले यस्तो दाबी गरेका हुन् ।

‘जुन दिन मधेशका पिछडावर्ग जागरुक हुन्छन् त्यो मात्रै मधेशो मुक्ति सम्भव हुन्छ’, नेता यादवले भने, ‘यो देशमा बहुसंख्यकरुपमा रहेका पिछडावर्गहरु आफ्नो अधिकारका लागि जारु हुनु आवश्यक छ ।’

उनले अधिकारको लडाईमा पिछडावर्गको समुदायको उल्लेखनीय योगदान रहेको जिकिर गरेका छन् । उनले पिछडावर्गका महिलाहरुलाई पनि आफ्नो अधिकारका लागि अगाडि आउनुपर्ने सुझाव दिएका छन् ।

महिलाहरु शिक्षित भए मात्र हरेक क्षेत्रमा बराबरीका लागि सहभागी हुनसक्ने बताए । उनले भने, ‘महिलाको हातमा बन्दूक आए मधेशले अधिकार पाउनेछन् ।’ सेना प्रहरीमा मधेशका महिलाको पनि सहभागिता हुनुपर्ने उनले जिकिर गरेका छन् ।

महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले राज्यले आफूहरुसँग अहिलेसम्म आठ पटक सहमति गरेको तर पालना नगरेकोले अब कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘राज्यले हिंसात्मक आन्दोलनको भाषा मात्र बुझ्छ’, उनले भने, ‘नेपालमा हिंसात्मक आन्दोलन गर्दा माग पूरा हुने तर शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले पूर्ण रुपमा बेवास्ता गर्दै आएको छ ।’ उनले पिछडावर्गलाई राज्यले हतियार उठाउन बाध्य पारिरहेकोसमेत गुनासो गरेका छन् ।

पिछडावर्गका पदाधिकारीहरुले राज्यबाट आफूहरु अपेहिलत भएको गुनासो गरेका थिए । वार्षिक साधारणसभामा आगामी कार्यनीति, गत आर्थिक वर्षको आयव्यय लगायतका प्रतिवेदनहरु पारित गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु