नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

रेडियो नेपाल को वरिपरि को सरसफाइको जिम्मेवारी पाएकाे कल्याणकारी स्वयंसेवक संघ को सफाई तेस्रो हप्तामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १७ गते, सोमबार ८:३४

काठमाडाै। कल्याणकारी स्वयंसेवक संघ, नेपालले रेडियो नेपालको परिसरमा रहेको पोखरी लगायत यस वरिपरिको कम्पाउण्डको पहिलो, दोस्रो र तेस्रो चरणको सरसफाई सम्पन्न गरेकोछ । परिवर्तनका लागि स्वयंसेवक भन्ने मुल नारा लिएर अगाडी बढेको यस संस्थाले आफ्नै सदस्यहरुले शनिवारको समयलाई सरसफाई तथा परोपकारी कार्य गर्दै आईरहेका छन् ।

यस संस्थामा स्वार्थ भन्दा माथिरहेर खाली समय निस्वार्थ सेवामा समर्पीत हुन्छु भनि आवद्धता भएका १००औँ स्वयंसेविहरु हिलो, धुलो र पानी नभनी सरसफाई कार्यमा जुटेका थिए । पोखरी सरसफाई को क्रममा पहिलो चरणमा कम्पाउण्ड भित्रबाट ६०० बोरा फोहोर बाहिर निकालेका थिए भने दोस्रो चरणमा १००० बोरा निकालीएको थियो र तेस्रो चरणमा ५००० टन ढलान फुटाएर निस्केको फ़ोहोर पोखरी भित्रबाट पूर्ण रुपमा बाहिर निकालीएको छ । टाइम्स कलेज, जुगल कलेज WVAN केन्द्र, प्रदेश ३ बु.न. पा. कमिटी तथा महिला समुह र रेडियो नेपालका सयौं स्वयंसेवकहरु सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु