काठमाडौं–नेपालमा पहिलोपटक शुरुवात गरिएको अन्तरराष्ट्रिय स्तरको सो ‘द भ्वाइस अफ नेपाल’को ग्रान्ड फिनाले कतारमा हुने भएको छ । डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित ‘एसियन टाउन ग्रान्डमल सनैयामा’ द भ्वाइस अफ नेपालको फिनाले हुने आयोजकले बताएका छन् । त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्रविन गुरुङले जानकारी दिए । ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एन्ड यती इभेन्ट म्यानेजमेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजक प्रवीण गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् । अर्का आयोजक डिल्लीकला थपलिया व्यवसायी हुन् ।
त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आईसीसी सदस्य हुन् । ग्रान्ड फिनाले कार्यक्रमको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग छलफल थालिएको आयोजक एवम् एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रविन गुरुङले जानकारी दिए । कार्यक्रमलाइ भब्य अनि सभ्य रुपमा सम्पन्न गर्न कतारस्थित विभिन्न सङ्घसंस्थाका पदाधिकारी एबम आयोजक लागिपरेका छन् । कतार नेपालीहरुकोलागि श्रम र ब्यवसाय दुवैको देश हो । नेपालीहरुको इमान्दारिता र परिश्रम यो देशको परिचय हो ।
कतारस्थित विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरुले सबै मिलेर द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कार्यक्रमको खुलेर प्रशंसा गर्दै कार्यक्रम सम्पन्न गर्न आफूहरले सक्दो सहयोग गर्ने बताएका छन् । उनिहरुले द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कार्यक्रमका आयोजक गुरुङसंगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिएका हुन् । कार्यक्रम संयोजक गुरुङले कतारस्थित विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरुसित दोहाको ‘वेस्ट वेस्टर्न’ होटेलमा कार्यक्रम सफल बनाउनको लागि पटक–पटक परामर्श कार्यक्रम समेत राखेका थिए ।
‘द भ्वाइस अफ नेपाल’ गायन रियालिटी सोलाई विश्वभरका दर्शकले निकै रुचाएका छन् । सोका निर्णायकमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा छन् । विश्वका १९१ राष्ट्रमा सफल प्रसारण भइरहेको सिङ्गिङ रियालिटी सो द भ्वाइसलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । द भ्वाइस अफ नेपालका विजेताले २५ लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं वल्र्ड टुरको मौका पाउनेछन् । अहिले सोमा १० जना प्रतिस्पर्धी छन् । उत्कृष्ट ८ जनाले भने कतारमा प्रतिस्पर्धा गर्नेछन् । अब नेपालमा सोका दुई एपिसोड मात्र छायाँकन हुने बताइएको छ ।
श्राेतः janasawal.com