टे«किङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले आइस् हिमालयका अध्यक्ष मौरिस डुचेन र टिमका सहकार्यमा आज मंसिर १७ -December 03), देखि तिन दिनसम्म नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी), थापागाउँ, बिजुलीबजारमा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिमको आयोजना गरेको छ । टानका विभिन्न सदस्य कम्पनीहरु मार्फत आएका ६२ जना टे«किङ्ग गाईडहरु यस तालिममा सहभागी भएका छन् ।
टानका अध्यक्ष नवराज दाहालले कार्यक्रम उद्घाटन गर्दै यस तालिमले पदयात्राको क्रममा जाँदा भैपरि आउने समस्याहरुलाई समाधान गरि सुरक्षा सुनिश्चित गर्ने बताउनुभयो । साथै टानले धेरै वर्ष अगाडि देखि दिँदै आएको पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिमले टे«किङ्ग गाइड र पोर्टरहरुलाई योग्य बनाउन मद्यत पुग्ने कुरामा ध्यानाकषर्ण गराउनु भयो ।
“ टानले नियमित रूपमा यस्ता तालिमहरु आयोजना गर्दै आइरहेको छ । सबै प्रशिक्षार्थी टे«किङ्ग जाने अवधिमा आउन सक्ने समस्याहरुलाई यस्ता खालको तालिमले समाधान गर्न सहयोग पुग्नेछ ।” टानका महासचिव आङ पेम्बा शेर्पाले बताउनुभयो ।
तालिम उद्घाटनको क्रममा यस तालिमले दैनिक जीवनमा र आकस्मिक समयमा विशेष गरी पर्वतीय पदयात्रा सम्बन्धित समस्याहरूको लागि उपयोग हुनेगेरी मजेरी जीन्ता नामक एम प्रशिक्षकले बताउनुभयो ।
प्रशिक्षकहरुका प्रमुख Yues Prunier, Magalic JeanTeur, Lucie Cordier, Claude Massuye Laure De Saint Blanquat का पाँच प्रशिक्षकहरुका टिमले तालिम दिइरहेका छन् ।
मानव संसाधन र तालिम विभागका संयोजक राम बहादुर खड्काको संयोजकत्वमा यो तालिम सञ्चालन गरिएको हो ।
टानका प्रथम उपाध्यक्ष जीवन थापा मगर, मानव संसाधन र तालिम विभागका संयोजक राम बहादुर खड्का, कार्यसमिति सदस्य पि.के शेर्पा ,गोपाल श्रेष्ठ, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञावली र प्रशासनिक अधिकृत उत्तम भट्टराई उपस्थित हुनु भएका थिए ।