एनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ: आर के शर्मायस्तो छ आजको मौसम पूर्वानुमानहेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?

‘किम्फ फेस्टिभल’ मङ्सिर २१ बाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १८ गते, मंगलवार ०७:२५

काठमाडाै । ‘किम्फ’को सोहौँ संस्करण आउँदो शुक्रवारबाट शुरु हुने भएको छ । काठमाडौँ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ बार्षिक रुपमा फेस्टिभल गर्दै आईरहेको छ । राजधानीमा पाँच दिन सम्म फेस्टिभल चल्ने आयोजकले बताईएको छ । फिल्म फेस्टिभलमा नेपाल लगायत ३१ देशका ७० भन्दा बढी फिल्म देखाइनेछ । किम्फमा वृत्तचित्र, कथानक फिल्म, लघु फिल्म र एनिमेसन फिल्महरू देखाइने आयोजकले जनाएको छ ।

किम्फको उद्घाटन अष्टेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ को विशेष प्रर्दशनीबाट सुरु गरिने बताईएको छ । यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अस्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका रहनेछन् । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गरि पुरस्कृत गरिने जनाएको छ ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु