
-ललन कुमार चौरसिया
रौतहट मंसिर १८। रौतहट जिल्लाको सदरमुकाम गौरमा आज २७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्यका साथ मनाईएको छ। मधेशी क्रान्ति चौक बाट अन्तर्राष्ट्रिय नारा, राष्ट्रिय नारा, 2 नं प्रदेश नाराका साथ जिल्ला समन्वय समितिमा कोट परिनत गरिएको छ। गौर न. पा. ईशनाथ न. पा. राजपुर न. पा राजदेवी न. पा र प्रेरणा अपाङ्ग पुनःस्थापना केन्द्र मलगव सर्लाहीको सहयोग तथा लोकतान्त्रिक अपाङ्ग जिल्ला समन्वय समिति नेपाल, दिव्य अपाङ्ग कल्याण सहयोग, र नगर अपाङ्ग समिति गौरको आयोजनामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जि. स. स. सभापति रामएकवल यादव लो. अ. जि. स. समितिका अध्यक्ष श्री ललन राउत बरई सभापतिका आसन ग्रहण गर्नुभएको थियो। विशिष्ट अतिथि गौर नगरपालिका नगर प्रमुख अजय कुमार गुप्ता,सहायक जिल्ला प्रमुख अधिकारि धर्मानन्द जोशी, RDC-NEPAL को स-सचिव ममत झा लगायत पत्रकार साथीहरू उपस्थिति भएका थिए। सो कार्यक्रममा रौतहट जिल्लाको विभिन्न ठाउँ बाट सयकडौं अपाङ्गताका उपस्थिति थियो।


