रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

श्रृंखला ‘मिस वल्र्ड–२०१८’ को अन्तिम ३० मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १८, मंगलवार २०:४१

काठमाडौं–मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्ड २०१८ को अन्तिम ३० मा आफ्नो ठाउँ बनाउन सफल भएकी छन् । श्रृंखलाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।  मिस वल्र्ड आयोजकले दिएको जानकारी अनुसार मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए जसमा सन्या टुरिजम अवार्ड केन्याले जितेको थियो ।

त्यस्तै ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाउन सफल भएका थिए । मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन् । यससँगै श्रृंखला मिस वल्र्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन्। यस अघि हेड टु हेड च्यालेन्जको फाइनल राउण्डमा श्रृंखला सिंगापुरसँग पराजित भएकी थिइन् ।

 

सन् २०१८ को मिस वल्र्डमा मिस नेपाल श्रृङ्खला खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् । आफ्नो सामाजिक सञ्जाल इन्सटाग्रामबाट ऋृङ्खलाले यसबारे जानकारी दिएकी हुन् । निकै भावुक देखिएकी ऋृङ्खलाले यो अवार्ड नेपालको लागि र सबै नेपालीको मायाका लागि भएको बताएकी छिन् । ‘रुँदा रुँदा आँखा सुन्निन लागिसक्यो,’ उनले भनेकी छिन् । त्यस्तै, ब्युटी विथ पर्पोजको अवार्ड जित्नु् आफ्नो लागि मिस वल्र्डको उपाधि जित्नुभन्दा पनि ठूलो भएको बताइन् । यसअघि इशानी श्रेष्ठले पनि यो उपाधि हासिल गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु