झरना थापा निर्देशित फिल्म ए मेरो हजुर ३ को गीतको छायांकनका क्रमको केही फोटोहरु सार्वजनिक भएको छ । मनाङको आइस लेकमा छायांकनको क्रममा खिचिएका उक्त फोटोहरुमा नायक अनमोल के. सी र सुहाना थापा फिर्चड छन् । सार्वजनिक फोटोमा यी दुईलाई रोमान्टिक रुपमा देख्न सकिन्छ ।
४०७५ मिटरको उचाईमा छायंकन भईरहेको उक्त गीतमा प्रतिक अधिकारी र आशिष अविरलको संगीत र राहुल शाहको कोरियोग्राफी रहेको छ । फिल्म नयाँ बर्षको छेको पारेर चैत्र २९ गतेबाट अल नेपाल रिलिज हुने निर्माण पक्षले बताईएको छ । सुनिल कुमार थापा निर्माता रहेको फिल्ममा सुनिल कुमार थापा र झरना थापाकी छोरी सुहाना थापाले अनमोल केसीसँगै डेब्यु गर्दैछिन् ।