ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

ओली सरकार हुत्तिहारा हो, तुरुन्त राजिनामा दिनुपर्छ : आजाद जनता पार्टी (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १९, बुधबार १८:५७

काठमाडौं, १९ मंसिर । आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुस्साहस गर्ने अवसर दिएको भन्दै वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजिनामा दिनुपर्ने माग गरेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त पार्टीले दिन दहाडै नेपाल र नेपालीको अपमान हुने, धर्म, संस्कृति तथा परम्परामाथि प्रत्यक्ष प्रहार गर्ने संघीयता नेपाली जनताले सहन नसक्ने बताएको छ ।

https://youtu.be/hGP5giu_wAw

उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘त्यसमाथि पनि संसारमा नाम कहलाएका कुनैपनि गोरखालीले कदापी सहन सक्ने छैन् । यस्तो संघीयताले देशलाई कित्ताकाट गर्ने, जातिय युद्ध गराउन खोज्ने, धार्मिक युद्धको विजारोपण गर्ने गणतन्त्र तथा संघीयता आजैका मितिदेखि खारज गर्न यस पार्टीको जोडदार माग रहेको छ ।’

जारी विज्ञप्तीमा थप भनिएको छ,‘अनादिकाल देखिको इतिहास भएको देव दवादीको तपोभुमि रहेको नेपालमा भूराजनैतिक अवस्थालाई अक्षुण राख्न हामी सफल भएको सर्वविदितै छ । नेपालमा हाल राजनैतिक संसकार नभएका, नैतिक पतन भएका र अदुरदर्शी नेतृत्वको कारण सदियौंदेखि भौगोलिक रुपमा सानै भएपनि आफ्नो अस्तित्व र अस्मिता सुरक्षित राख्न सफल देशको नेतृत्वलाई पाखा लगाई विदेशी हस्क्षेप गराउन सफल दरिद्र मानसिकता भएका तत्वहरुको वर्तमान क्रियाकलापको यस आजाद जनता पार्टी घोर भत्र्सना गर्दछ।’

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष प्रा. सुबोध नारायण झाले र्वतमान प्रधानमन्त्री केपी शर्मा ओली एशिया प्यासिफिक सम्मेलनको नाममा मिशनरी एजेण्ट बनेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओली सम्मेलनको नाममा मिशनरी एजेन्ट बने । नेपाललाई नै ध्वस्त पार्ने षड्यन्त्र गर्न खोजिएको छ । कसैले षड्यन्त्र गर्दैमा केही हुँदैन, हाम्रो देश हिन्दू राष्ट्र नै रहनेछ ।’

 

उनले आफ्नो पार्टी देशको रक्षाको निम्ति सदा समर्पित रहेको सुनाउँदै देशको विरुद्धमा कुनै षड्यन्त्र भए आफूहरुलाई सह्य नहुने जिकिर गरे । उनले भने,‘कम्युनिष्टहरुले हामीलाई गुलाम बनाउन खोजेका छन् । तर, हामी गुलाम बन्दैनौं ।’ वर्तमान प्रधानमन्त्री ओली ६ सय गाईको बीचमा एउटा गोरुको रुपमा उभिएको भन्दै उनले व्यंग्य गरे ।

उनले भने,‘प्रधानमन्त्री ओलीले हाम्रो देशको स्वभिमान माटोमा मिलाउने काम गरे । सेतो छाला भएका व्यक्तिहरु हाम्रो देशको सत्रु हुन् । कम्युनिष्ट र क्रिश्यिचन हाम्रो देशका मुख्य दुश्मन हुन् ।’

पार्टीका प्रमुख सल्लाहकार डा. अवधेश कुमार ठाकुरले नेपालका वर्तमान राजनीतिक दलहरुले राजनीतिलाई लिगल माफियाजस्तै बनाईरहेको आरोप लगाए । उनले मुलुकमा हिन्दूराष्ट्र र राजमुकुट परिवर्तन गर्नुहुँदैन थियो तर दलहरुले परिवर्तन गरेर गम्भिर गल्ती गरेको आरोप लगाए ।

 

कार्यक्रममा श्यामकृष्ण केसी र हाम्रो नेपाल पार्टीका अध्यक्ष भैरव कार्कीले पनि आ–आफ्नो धारणा राखेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु