प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

मंसिर २१ र २२ मा वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १९, बुधबार १९:००

काठमाडौं, १९ मंसिर । यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा प्रज्ञा भवन कमलादीमा आगामी शुक्रबार र शनिबार बिहान साँढे ८ बजेदेखि साँझ ५ बजेसम्म सम्मेलन चल्नेछ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । आयोजक समितिका उपाध्यक्ष डा.विष्णु मरासिनीले बंशाणुगत रोगकाबारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले भने,‘वंशाणुगत रोगको निदान, रोकथाम, कसरी जानकारी लिनेजस्ता विषयकाबारेमा सम्मेलनमा चिकित्सकहरुले जानकारी दिनुहुनेछ, ७ वटा सत्रमा विभाजन गरेर हाम्रो कार्यक्रम चल्नेछ ।’

कार्यक्रममा आयोजक समितिका सचिव उद्धव खड्काले उक्त स्वास्थ्य सम्मेलनमा उपस्थित भएर वंशाणुगत रोगका बारेमा जानकारी लिन आम नागरिकहरुलाई आग्रह गरेका छन् ।

उनले भने,‘हामीले पहिलो पटक वंशाणुगत रोगको क्षेत्रमा देखा परेका जटिल रोगहरु र यसमा गरिएका पछिल्ला अनुसन्धान बारेमा जानकारी दिने उद्देश्यले यो सम्मेलनको आयोजना गरेका हौं।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु